मैदान कांग्रेसको, खेल कम्युनिष्टको : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचन समिक्षा र आगामी कार्यदिशाबारे ५१ पेज लामो प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेश गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयमा बसेको चुनावी समिक्षामा उनले प्रदीप पौडेल, चन्द्रभण्डारी लगायत नेताहरूसँग मिलेर बनाएको प्रतिवेदन थापाले पेश गरेका हुन्।

मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा कांग्रेसको हार र अबको कार्यदिशा के हुने? भन्ने प्रतिवेदनमा विस्तृत व्याख्या गरिएको छ।

उक्त प्रतिवेदन पेश गर्दै नेता गगन थापाले कांग्रेसले आफ्नो मैदान ७५ प्रतिशत खाली छोडिदिएकोले कम्युनिष्ट आएर खेल जितेको बताएका छन्।

‘खेल मैदान हाम्रो, नियम हाम्रो, खेल हाम्रो, के उनीहरूले अत्यधिक राम्रो खेलेका हुन त? होइनन्। तर हामीले २०४८ देखि खेल मैदानको ठूलो हिस्सा खाली छोडेर सानो हिस्सामा सिमित भएपछि स्वाभाविक रूपले चुनावी नतिजा पनि झन् भन्दा झन् बढी हाम्रो प्रतिकुल हुँदै गयो। उनीहरूको कुनैपनि सैद्धान्तिक मोर्चामा हामीले प्रश्न उठाउन सकेनौं,’ उनले पेश गरेको प्रतिवेदनमा भनिएको छ।

आफू सरकारमा रहँदा कांग्रेसले संस्थाहरुको राजनीतिकरण गरेको, कम्युनिष्टहरु दलिय भागबण्डामा सहभागी भएपनि त्यसको दोष कांग्रेसलाई आएको,  सामाजिक मुद्दामा कांग्रेस पछि परेको लगायतका विषयबारे प्रतिवेदनले विस्तृत व्याख्या गरेको छ।

क्रियाशील सदस्यले नेता चुन्ने विधिदेखि सिद्धान्त परिवर्तनका विषयमा गम्भीर छलफल नगरी युगअनुसारको पार्टी नबन्ने प्रतिवेदनमा जिकिर गरिएको छ। क्रियाशील सदस्यले नेता चुन्ने परिपाटी अन्त्य गरेर साधारण सदस्यले चुन्ने विधि निर्माण गरेमात्र पार्टी सबैको साझा बन्ने धारणा प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाले व्यक्त गरेका विचारमा मात्र पार्टीलाई अब पनि सञ्चालन गर्न नहुने धारणा पनि उनले राखेका छन्। उनले वीपीकै भर परेका कारण कांग्रेस आजसम्म आर्थिक नीति कस्तो हुने? भन्नेमा अल्मलिएको पनि बताए।

‘वीपी स्वयंले भन्नुभएको थियो -हामी राजनीतिक कुरामा बढी केन्द्रीत भएछौं-सरकारमा गएपछि समाज कस्तो बनाउने भन्नेतर्फ कम सोचेछौं,’ प्रतिवेदनमा भनिएको छ, ‘वीपीको भिजन स्पष्ट थियो तर त्यो भिजन पुरा गर्न पनि कस्तो आर्थिक सामाजिक कार्यक्रम? भन्नेमा भने प्रष्ट हुनुहुन्नथ्यो। दोष हाम्रो हो, आफूले गर्नुपर्ने कामको जिम्मा पनि हामीले स्वर्गीय नेताहरूको थाप्लोमा हालेर पन्छिने र चोखिने काम गर्‍यौं। फलत: कस्तो आर्थिक नीति र कार्यक्रम? भन्नेमा हामी पुरै अल्मलियौं, जुन आजको मितिसम्म कायम छ।’

पार्टीले आफैँ सामाजिक आन्दोलनको नेतृत्व गरेर ती मुद्दासँग जोडिएका नयाँ मान्छेलाई आकर्षित गर्ने अवसरबाट पनि कांग्रेस चुकेको निष्कर्षमा नेताहरू पुगेका छन्।

‘गएको २६ वर्षमा हामीले पार्टीमा नयाँ मानिस भित्र्याउन सकेनौं,’ प्रतिवेदनमा भनिएको छ, ‘ यो अवधिमा हामीले १२ प्रतिशत मत मात्र बढाएको भए त अहिले सबै पार्टी मिल्दा पनि हामीले जित्थ्यौं, कम्युनिष्ट मिले त्यसकारण हारियो भन्ने तर्क गर्नुपर्ने अवस्थै आउने थिएन।’

चुनावमा हारे पनि कांग्रेसको विचार र राजनीतिले जितेको भन्दै अर्को चुनावमा जित्ने तयारी आजैबाट गर्न उनीहरूले सबैलाई आग्रह गरेका छन्।

‘राजनीति जितेर चुनाव हारेका छौं,अब राजनीति जितेकै हो भनेर पनि नबसौं चुनाव हारेको भनेर निराश पनि नबनौं’ प्रतिवेदनमा उल्लेख छ, ‘अब कम्युनिष्टको गठबन्धन के होला? भनेर नकुरौं, ५ वर्षपछिको चुनाव यस्तो अवस्था बनाऔं सबै पार्टी एक ठाँउमा मिलेर चुनाव लड्दा पनि हामीले अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमतसहितको पहिलो पार्टी बनाउनेछौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक