लेनिन जयन्तीमै लेनिनकाे तस्विर नराखेपछि …. नाराबाजी !

आज लेनिन जयन्तीको अवसर पारेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकता गर्ने घोषणा यसअघि नेताहरुले बारम्बार भन्दै आएका थिए । तर त्यो सम्भावना टरेपछि दुवै पार्टीका अध्यक्षले संयुक्त कार्यक्रम गरेर एकताको नयाँ सन्देश दिने बाहिर सार्वजनिक भईरहेको थियाे ।

hutting4-768x428

hutting1-768x430

यसै अवसर(लेनिन जयन्ती)मा राष्ट्रिय सभागृहमा दुई पार्टीको संयुक्त आयोजनमा शुरु हुन लागेको कार्यक्रमकाे ब्यानरमा लेनिनकै तस्विर नराखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी शुरु गरे । उनीहरुले कार्यक्रम शुरु हुनुअगावै विरोध गरेका हुन् ।

राष्ट्रिय सभामा आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती कार्यक्रम सुरु हुनुअघि नै कार्यकर्ताले हुटिङ गरेर लेनिनको तस्विर नराखिएकोमा आक्रोश पोखे ।

कार्यक्रम विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको हो । कार्यक्रमको ब्यानरमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी लगायतको तस्विर राखिएको छ ।

कार्यकर्ताहरुको चर्काे दबाबपछि आयोजकले नेताहरु आउनु अगावै ब्यानर झिकेर राखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक