राजपा फुटेर बन्यो राजपा लोकतान्त्रिक

राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा ३३ केन्द्रीय सदस्यले राजपा फुटाउँदै नयाँ पार्टी गठन गरेका छन् ।

यादवको नेतृत्वमा ३३ केन्द्रीय सदस्य मिलेर राजपा लोकतान्त्रिक नामक नयाँ पार्टी बनाएका छन् । पार्टी सही ढंगले परिचालन हुन नसक्दा पार्टी छाडेर नयाँ पार्टी बनाउन परेको नेताहरुले बताएका छन् ।

महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको विद्रोही नेताहरुले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । तदर्थ समितिको संयोजकमा अशोककुमार यादव, सह-संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा रहेका छन् । यस्तै प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रीय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।

पार्टी छाडेका नेताहरुले राजपाले संविधान संशोधनमा कुनै भूमिका नखेलेको, मधेस आन्दोलनमा निर्दाेष जनताले ज्यान गुमाउँदा राजपाका अध्यक्षमण्डले मात्रै फाइदा लिएको, मधेसी जनताको एजेण्डा छोडेर सत्तामा जान खोजेको लगायतका आरोप लगाएका छन् । रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, ‘अध्यक्ष मण्डलका ६ जना सदस्यहरुले मुद्दा नै बिसर्जन गर्नुभयो । मधेशको मुख्य मुद्दालाई नै तिलाञ्जली दिनुभयो, यो जनताप्रतिको धोका र गद्दारी हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक