कांग्रेस महाधिबेशनको दुई वर्षपछि पदाधिकारी नियुक्त गर्दै देउवा

काठमाडौं, वैशाख ३ : महाधिबेशन सम्पन्न भएको दुई वर्षपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी नियुक्ति को तयारी थालेका छन् । १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेको दुई वर्ष बितिसक्दा पनि सभापति देउवाले पार्टी पदाधिकारी मनोनयन नगरेको भन्दै पार्टी्भित्र चर्को आलोचना हुँदै आएको थियो ।

Sher-Bahadur-Deuba.2e16d0ba.fill-650x500देउवाले उपसभापतिमा विमलेन्द्र निधी र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई नियुक्त गर्न लागेको कांग्रेस स्रोतले जनाएको छ ।त्यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई बनाउने तयारी भइरहेको छ । कांग्रेसमा यसअघिका सभापतिहरुले आफ्नो गुटइतरबाट सहमहामन्त्री बनाउने गरेका भएपनि देउवाले आफ्नै गुटका विश्वकर्मालाई सहमहामन्त्री बनाउन लागेका हुन् ।

यता रामचन्द्र पौडेलले सह महामन्त्रीमा आफ्नो पक्षको नेतालाई नियुक्ति गर्न दबाब दिइरहेका छन् । तर सहमहामन्त्री पौडेल पक्षलाई बनाउँदा पदाधिकारीतर्फ आफू अल्पमतमा पर्ने भएपछि पौडेलको माग पुरा गर्ने स्थितीमा छैनन् । यसअघि मिन विश्वकर्मालाई सहमहामन्त्री बनाउन खोजे पनि देउवा गुटभित्रै सहमत नभएको बताइएको छ ।

स्थगित भएको केन्द्रिय समिति बैठक पुनः सुरु भएपछि सभापति देउवा पदाधिकारी मनोनयन गर्ने तयारीमा जुटेका छन् । बैठकबाट पदाधिकारी मनोयनसँगै महासमिति भेलाको मिति तय गर्ने र विधान मस्यौदा समिति बनाउने तयारी छ । गत चैत ९ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कांग्रेस नेता खुमबहादुर खड्काको निधनका कारण आइतबारदेखि स्थगित छ ।केन्द्रीय सदस्यहरू बोलिसकेपछि देउवाले पदाधिकारी मनोयन प्रस्ताव बैठकमा पेस गर्ने तयारी गरिरहेका स्रोतहरूको दाबी छ ।

देउवाले पार्टीको एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित नौ केन्द्रीय सदस्य मनोयन गर्न बाँकी छ । देउवानिकट एक नेताका अनुसार चैत मसान्तभित्रै देउवाले ४० विभागसमेत गठनको तयारी गरेका छन् । कांग्रेस महासमिति बैठकले पार्टीको विधान परिमार्जन गरी संघीय मोडलमा लैजाने तयारी भइरहँदा देउवाले केन्द्रीय समिति र विभागहरूमा पूर्णता दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने