नेपाल आउने भए भारतीय चर्चित अभिनेता सलमान

काठमाडौँ, चैत २६ : भारतीय चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी आउँदो जेठ १२ गने नेपाल आउने पक्का भएको छ ।

salman3

नेपालमा रहेको ओडीसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको दबङ द टुरका लागी सलमान नेपाल आउन लागेका हुन् । कालो हरिण मारेको अभियोगमा जेल परेका सलमान धरौटीमा रिहा भए लगतै सो कार्यक्रमको मिति तय गरिएको हो ।

मे २६ तारिखमा सलमानको दबङ टूर नामक कार्यक्रमको आयोजना हुने र खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित भएको उल्लेख गरिएको छ । गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको दबङ टुर नामक कार्यक्रमको आयोजना हुने र २७ फागुन फर्कने तयारी गरिएको थियो तर विप्लव समुहको चेतावनी पश्चात कार्यक्रम स्थगित गरिएको थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सलमान खान नेपाल विरोधि भएको भन्दै खानको कार्यक्रम असफल बनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं