सलमानलाई जेलमा यस्तो छ प्रवन्ध

एजेन्सी, २३ चैत : वलिउड अभिनेता सलमान खान आज जोधपुर जेल पुगेका छन् । सलमानलाई अदालतबाट जमानत नमिलेमा उनले पुरै पाँच वर्ष जोधपुरको जेलमा बिताउनु पर्ने हुन्छ । यद्यपी अहिले उनका वकीलहरु अदालतसमक्ष उनको जमानतका लागि धाइरहेका छन् ।

salman-khan-768x512

सलमान खानले जोधपुर जेल दबंग स्टाइलमा इन्ट्र गरेपनि त्यहाँभित्र उनको हालत सामान्य कैदीहरु जस्तै हुने भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । जेलमा सलमानले आफ्नो महंगो कपडा प्रहरी अधिकारीलाई सुम्पेर जेलको पोसाक लगाउनुपर्ने हुन्छ । सलमानले आफ्नो घडी र फिरोजा जस्ता ब्रेसलेट पनि जेल अधिकारीलाई दिनुपर्ने हुन्छ ।

बेलुकाको चियापछि उनलाई सलामानलाई सुत्नका लागि बेड रोल दिइने छ जसमा सिरानी हुने छैन । सलमानलाई जोधपुरको ४० डिग्री सेल्सियस तापक्रममा दैनिकी बिताउनु पर्ने हुन्छ ।

उनले राती आफ्नो हाजिरी पनि लगाउनु पर्ने हुन्छ । रातिको खानामा उनलाई घरको खाना मिल्ने नमिल्नेबारे जेल प्रशासनले निर्णय गर्ने बताइएको छ ।

सलमानलाई खाना बाहिरबाट ल्याएर खुवाउने या जेलरले आफ्नै घरबाट लिएर खुवाउँछन् त्यो जेलरको स्वभावमा निर्भर हुने कुरा हो । यदि जेलरको स्वभाव प्रतिकूल रहेमा उनले जेलकै खाना खानुपर्ने हुनेछ ।

अहिले जेल बाहिर सलमानका समर्थकहरु एकसाथ उनको रिहाईका लागि नारा लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको