एजेन्सी, २० चैत – टाइगर श्रफ र दिसा पाटनीको फिल्म ‘बागी २’ ले बीटाउनमा अहिले राम्रो चर्चा कमाइरहेको छ । बागी २ ले तीन दिनमा मात्र करिब ७३ करोडको कमाइ गरेको छ । अहिलेसम्म दुई तीनवटा मात्र फिल्ममा अभिनय गरेपनि उनको तुलना अहिले बलिउडका प्रख्यात सेलिब्रेटीहरुसँग हुन थालेको छ ।
आफ्नो एक्टिङको सपनालाई पुरा गर्न पढाईलाई आधा छोडेर मुम्बाई छिरेकी दिसाको करियरको सुरुवाती दिन संघर्षले भरिएको छ । एक अन्तर्वार्तामा दिसाले मुम्बाई छिर्दा आफूले साथमा पाँचसय मात्र बोकेर आएको बताइन् । उनले आफूलाई स्थापित गर्न र पहिचान बनाउन धेरै संघर्ष गरेको पनि बताइन् ।
दिसाले भनिन्, ‘कलेज पढ्दै गरेका केटीहरुका लागि शहरमा गुजारा गर्नु सजिलो थिएन । म एक्लै बस्थे र काम गर्थे । मैले कहिल्यै पनि गुजाराका लागि आफ्नो परिवारसँग पैसा मागिन् ।’
उनले आफू प्रत्येक दिन अडिसन दिन जाने गरेको र पैसा नभए घर भाडा दिन नपाउने आफूमाथि ठूलो दबाब रहेको उनले बताइन् ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको