राष्ट्रिय एकता दिवस र प्रजातन्त्र दिवसको सार्वजनिक बिदा कटौती गरेकोमा कांग्रेस आक्रोशित

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले विनाछलपल सार्वजनिक बिदा कटौती गरेकोमा आपत्ति प्रकट गरेका छन्।शुक्रबार जारी कांग्रेसको बैठकबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पुस २७ गतेको राष्ट्रिय एकता दिवस र फागुन ७ गते प्रजातन्त्र दिवसको विदा कटौती गर्ने सरकारको निर्णयप्रति कांग्रेस बैठकले आक्रोश व्यक्त गरेको बताए। ‘बिदा कटौती गर्ने विषयमा कसैसँग पनि छलफल गरिएन’, उनले भने, ‘एकलौटी रुपमा गरिएको निर्णयप्रति हाम्रो आपत्ति छ।’

images_cms-image-000038922

राष्ट्रिय एकता र लोकतन्त्रमाथि नै नकरात्मक सन्देश जाने गरी विदा कटौति गरिएको भन्दै प्रवक्ता शर्माले आक्रोश व्यक्त गरे।

शुक्रबार पनि जारी रहेको कांग्रेस बैठकमा नेताहरु अर्जुननरसिंह केसी, एनपी साउद, चीनकाजी श्रेष्ठलगायतका देशभर नयाँ जागरण आउने गरी पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टी नेतृत्वसँग आग्रह गरेका छन्। देशभर पार्टीमा नयाँ जागरण आउने गरी पार्टीलाई एकतावद्ध बनाएर लैजान नेताहरुले पार्टी नेतृत्वलाई सुझाव दिनु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पूर्वमन्त्री समेत रहेका नेता अर्जुननरसिंह केसीले पार्टीमा पुर्नजागरण ल्याउन तत्काल महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्ने माग गरेका थिए।

बैठकमा नेता रमेश लेखकले पार्टीका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जानकारी गराउनु भएको थियो । नेता लेखक नेतृत्वको प्रतिनिधिमण्डल भारतमा उपचार गराईरहेका नेता खड्काको स्वास्थ्यस्थिति बुझ्न भारत गएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने