March 27, 2018

ओलीले विदेशी राजदूतलाई बालुवाटारमा के सुनाए?

 

‘छिमेकीका जायज स्वार्थको सम्मान गर्छाैं तर त्याेभन्दा अघि बढे स्वीकार्य हुँदैन’

काठमाडौं चैत १३

प्रधानमन्त्री अाेलीकाे ब्रिफिंग सुन्दै बालुवाटारमा राजदूतहरू

प्रधानमन्त्री अाेलीकाे ब्रिफिंग सुन्दै बालुवाटारमा राजदूतहरू
 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरूलाई बालुवाटार बाेलाएर सरकारकाे प्रथामिकता र विदेश नीतिबारे ‘बिफ्रिङ’ दिएका छन्।

काठमाडाैंस्थित विदेशी राजदूतहरूलाइ सम्बाेधन गर्दै उनले बितेकाे दशकमा नेपाल एेतिहासिक रूपमा रूपान्तरण भएर राजनीतिक स्थायित्वकाे चरणमा प्रवेश गरेकाे बताए। यसका लागि नेपालले ठूलाे मूल्य चुकाएकाे प्रधानमन्त्रीकाे भनाइ थियाे।  ‘याे रूपान्तरण राजनीतिक रूपमा मात्र भएकाे छैन। त्याे राष्ट्रिय जीवनका सबै पक्षहरूमा अनुभूत गरिएकाे छ’, उनले भने।

उनले सरकार ६ वटा अाधारभूत विषयबाट निर्देशित रहने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले राष्ट्रियता, लोकतन्त्र, समानतामा आधारित सामाजिक न्याय, समावेशी राजनीति, कानुनी राज र अहिंसा अाफ्नाे सरकारका मुख्य आधारस्तम्भ रहेको राजदूतहरूलाइ सुनाए। नेपालकाे विदेश नीति पञ्चशील, असंलग्नता, राष्ट्रसंघीय बडापत्र, अन्तरार्ष्ट्रिय कानुन तथा विश्व शान्तिका मूल्य मान्यताबाट निर्देशित रहने अाेलीकाे भनाइ थियाे।

गाेप्य एजेन्डाबाट हाम्रा नागरिक शाेषित नहुन्

नेपालाे सामाजिक एकता र सद्भाव बिगार्ने प्रयास हुनसक्ने भन्दै प्रधानमन्त्री अाेलीले त्यस्ता शक्तिहरूका लागि नेपालमा कुनै स्थान नरहने प्रस्ट पारे। ‘हाम्राे सामाजिक एकता र सद्भाव बिगार्ने कुत्सित मनसायले विभिन्न पक्षबाट प्रयास हुनसक्छन्। हाम्रो समाजमा हिंसाको लागि कुनै स्थान छैन’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा नागरिक कसैका गोप्य एजेन्डाबाट शोषित नहुन् भन्ने हाम्राे चाहना छ। हामीलाई विभाजित पार्न खोज्ने र अस्थिरता निम्त्याउने तत्वलाई हराउन हामी एक भएर लाग्नेछौं।’

निर्वाचित निकायमा महिलाको ४१ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउन नेपाल सफल भएको भन्दै उनले राजदूतहरूलाइ भने, ‘कुनै पनि मापदण्डमा यो चानेचुने उपलब्धि हैन। बराबरी प्रतिनिधित्व गराउन अब ९ प्रतिशतको अन्तर मेटाउन पनि हामी थप प्रयास गर्दैछौं।’

छिमेकीका जायज स्वार्थकाे सम्मान

अाेलीले नेपालमा भारत वा चीनविराेधी कुनै पनि क्रियाकलाप हुन नदिन सरकार प्रतिबद्ध भएकाे बताए। छिमेकीहरूका जायज स्वार्थलाइ सम्मान गर्ने तर त्याेभन्दा अघि बढे स्वीकार्य नहुने बताउँदै उनले भने, ‘दुवै छिमेकीविरुद्ध हुने कुनै पनि खाले गतिविधि नेपाली भूमिमा हुन दिइने छैन। हामी हाम्रा छिमेकीसँगको सम्बन्ध आपसी सहयोगका सबै क्षेत्रमा सुदृढ बनाउन परिलक्षित छौं।’ नेपालको लक्ष्य ‘सबैसँग दोस्ती र काेहीसँग शत्रुता नगर्ने’ रहेको प्रधानमन्त्री ओलीले सुनाए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत मन्तव्य दिँदै विश्वसँग नेपालको सुमधुर सम्बन्ध रहेको र दुई निकट छिमेकीसँग ऐतिहासिक सम्बन्ध रहेको बताएका थिए।

‘हामी छिमेकी मुलक, विकास साझेदार तथा अन्य मित्र राष्ट्रहरुसँग दुई पक्षीय विश्वास तथा सहयोग विस्तारको पक्षमा छौं’, ज्ञवालीले राजदूतहरुलाई सम्बोधन गर्दै भने। सरकारको विदेश नीति र प्राथमिकताको विषयमा जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले काठमाडौंमा रहेका विभिन्न मुलुकका राजदूत र राष्ट्रसंघका आवासीय प्रमुखलाइ ब्रिफिंग गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक