चितवनका सबै जनप्रतिनिधिलाई राजीनामा दिन माग गर्दे नेकपाले पठायो पत्र

काठमाडौं, ३ चैत –  नेकपाले गठन गरेको जिल्ला जनपरिषद् चितवनले सबै जनप्रतिनिधिलाई राजीनामा दिन माग गर्दे पत्र पठाएको छ । विप्लव नेतृत्वको नेकपाले  राजिनामा दिने  पत्र भरतपुर नगरपालिकाकी मेयर रेणु दाहालसहित जिल्लाका सबै स्थानीय जनप्रतिनिधिका कार्यालयमा  पठाएको छ ।

biplab-1

जिल्ला जनपरिषद् प्रमुख नवराज पौडेलद्वारा हस्ताक्षर गरिएको पत्र शुक्रबार चितवनका सबै स्थानीय तहका जनप्रतिनिधिकहाँ पठाइएको नेकपाले दावी गरेको छ ।

यस अघि पनि नेकपाले  केही जिल्लामा स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन पत्र पठाएको थियो  ।

घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई पनि  राजीनामा नगरे कारवाही गर्ने पत्र  अाएको थियो  ।

त्यसको केही दिनमा अाफ्नै घरमा बसिरहेको अवस्थामा चौधरीमाथि गोली प्रहार भएको थियो । उक्त घटनाको जिम्मा भने सो पार्टीले लिएको छैन् । चौधरीमाथि भएको गोली प्रहारको अारोपमा प्रहरीले विप्लवका ४ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक