March 9, 2018

आज सभामुखको उम्मेदवारी, महरा सभामुख बन्ने !

नेताहरूसँग अनौपचारिक छलफलक्रममा दाहालले महरालाई सभामुखको जिम्मेवारी दिने योजना सुनाइसकेको खुमलटार स्रोतले बतायो। सभामुखमा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई जिम्मेवारी दिन एमालेले माओवादीसँग अन्तिमसम्म पनि छलफल गरेको थियो। बिहीबार साँझ पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा नेम्बाङको व्यवस्थापनको विषयलाई लिएर छलफल भएको थियो। छलफलमा सभामुख माओवादीलाई नै दिन ओली तयार भएको बताइएको छ।

शनिबार दिउँसो १ बजे संसद्मा सभामुखका लागि निर्वाचन गर्ने संसद्को कार्यसूची छ। शुक्रबार आज बिहान १० बजेदेखि १ बजेसम्म सभामुखको उम्मेदवारी मनोनयनको कार्यसूची संसद् सचिवालयले बनाएको छ।

माओवादीभित्र सभामुखका लागि महराका अतिरिक्त नेताहरू देव गुरुङ, गिरिराजमणि पोखरेल, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, लेखराज भट्टदेखि पूर्वसभामुख ओनसरी घर्तीसम्म आकांक्षी छन्। तर, अध्यक्ष दाहालले वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (बादल) लगायत नेतासँगको अनौैपचारिक छलफलपछि महरालाई अगाडि सार्न लागेका हुन्।

महरा माओवादीभित्र यस्ता नेता हुन्, जसले शान्ति प्रक्रियामा माओवादी आएयता सबैभन्दा बढी अवसर प्राप्त गरेका छन्। २०६३ यता उनी कुनै न कुनै सुविधाको पदमा निरन्तर छन्। निर्वाचनअघिसम्म पनि उनी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री थिए। पार्टी प्रवक्ता तथा विदेश विभागजस्ता महत्वपूर्ण जिम्मेवारी पटक पटक सम्हालेका उनी २०६३ मा अन्तरिम विधायक हुँदै संसद् प्रवेश गरेयता अहिलेसम्म निरन्तर संसद्मा छन्। अहिले पनि उनी दाङबाट संसद्मा प्रतिनिधत्व गर्छन्।

महरा २०६३ मा सञ्चारमन्त्री, २०६४ मा संविधानसभा सदस्य हुँदै २०६५ मा पुनः सञ्चारमन्त्री, २०६७ मा गृहमन्त्री भएका थिए। त्यस्तै, उनी २०७० मा दोस्रो संविधानसभा सदस्य हुँदै २०७३ मा उपप्रधान तथा अर्थमन्त्री र पछिल्लोपटक २०७४ मा उपप्रधान तथा परराष्ट्रमन्त्री थिए। उनले २०४८ सालमा पनि तत्कालीन संयुक्त जनमोर्चाबाट संसद्मा प्रतिनिधित्व गरेका थिए। अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ ।

महरालार्इ अवसर

  २०६४   संविधानसभा सदस्य
  २०६५   सञ्चारमन्त्री
  २०६७   गृहमन्त्री
  २०७०   संविधानसभा सदस्य
  २०७३   उपप्रधान तथा अर्थमन्त्री
  २०७४   उपप्रधान तथा परराष्ट्रमन्त्री

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक