
काठमाडौैं । मधेश केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच पारपाचुके हुने भएको छ । फोरम सुटुक्क वाम गठबन्धनसंग मिलेर सरकारमा जान लागेको आरोप राजपाले लगाउन थालेको छ । फोरमले मधेशको मुद्दामा धोका दिएर सरकारमा जान लागेकोमा राजपाका नेताहरु रुष्ट भएका छन् । मधेशको माग संविधान संशोधन हो, ओली सरकार संविधान संशोधनमा अनुदार भएकाले सरकारमा जानु नहुने पक्षमा राजपाको एक समूह छ ।
त्यो समूहले सरकारमा जान छिर्के दाउ हानेर फोरमले धोका दिएको आरोप लगाउन थालेको छ । फोरम र राजपाले २ नं प्रदेशमा मिलेर सरकार बनाएका छन् । फोरम केपी ओली नेतृत्वको सरकारमा गएको खण्डमा उसलाई मधेशविरोधी करार गर्दै २ नम्बर प्रदेशको सरकारबाट राजपा अलग हुनसक्ने देखिन्छ ।
राजपाले पहिलो र दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगमा दल दर्तासमेत गरेन । तर मधेश मुद्दामा संगै रहेको फोरमले सुटुक्क आयोगमा दल दर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिएर ५ नम्बर प्रदेशका केही सिट जितेको थियो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा सुटुक्क दल दर्ता गरेर धोका दिएको फोरमले ओली सरकारमा जाने बिषयमा पनि राजपालाई पत्तो नदिएको आरोप छ ।
फोरम सरकारमा जान लागेकोबारेमा राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले भने–‘फोरम सरकारमा जाने नजाने कुरा उसको कुरा हो । राजपाले सरकारमा जानेबारेमा हामीले कसैस“ग वार्ता गरेको छैन । संसदमा ५ वटा राष्ट्रिय पार्टी छन् । अरु पनि ४ वटा पार्टी छन् । सबै पार्टी आ–आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । सरकारमा जाने नजाने निर्णय उनीहरुले गर्नसक्छन् ।’
फोरम र सरकारबीच वार्ता अन्तिम चरणमा पुगेको छ । फोरमले सरकारमा अध्यक्ष उपेन्द्र यादवलाई दोस्रो बरियता र तीन वटा मन्त्रालय मागिरहेको छ भने सरकार २ वटा मन्त्रालय दिने अडान लिइरहेको छ । सरकारले फोरमलाई तेस्रो बरियता र परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिने पक्षमा प्रधानमन्त्री केपी ओली छन् ।
फोरमलाई सरकारमा ल्याउनका लागि १ राज्यमन्त्री पनि दिने पक्षमा सरकार लचिलो भएको समाचार छ । एमालेका भागमा परेका १० मन्त्रालय र माओवादीको भागमा परेको ७ मध्ये एक एक वटा काटेर फोरमलाई दिन लागिएको छ । फोरम सरकारमा समावेश भए ओली सरकार दुईतिहाई भन्दा बढी बहुमत हुनेछ । फोरमलाई सरकारमा ल्याउन सकेमा २७५ सदस्यीय प्रतिनिधिसभामा ओली सरकारको पक्षमा १९० सांसद हुनेछन् । १३८ सांसद भए बहुमत पुग्नेछ भने १८४ भए दुईतिहाई संख्या पुग्नेछ ।
त्यसो त राजपामा पनि अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्र यादव ओली सरकारमा जानुपर्ने पक्षमा रहेका छन् । तर अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर, सदस्यहरु शरदसिंह भण्डारी र राजकिशोर यादव सरकारमा जानु नहुने पक्षमा छन् । राजपाको एक पक्ष वाम गठबन्धनसंग मिलेरमात्र मधेशको मुद्दा सम्बोधन हुने भएकाले सरकारमा जाने पक्षमा छ भने अर्को समूह कांग्रेसको एजेन्डामा जानुपर्ने पक्षमा छ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि