स्थानीयले जनता मार्ने नेता चाहिदैन, प्रहरी प्रशासन मुर्दाबाद, हत्यारालाई सार्वजनिक गर जस्ता नारा सहित बजार बन्द गरेर बिहान देखी विरोध प्रर्दशन जारी राखेका छन्। यता कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले अनुसन्धानका क्रममा शनिबार नै हत्यामा दुई जनाको संलग्नता प्रमाणित भैसकेको बताएका छन् ।
पक्राउ गरिएकाहरुको सार्वजनिक नगरिदा मिलोमतोमा घटना दबाउन खोजिएको भन्दै पिडित पक्षले आज बिहान देखि नै इलाका प्रहरी कार्यालय टीकापुर अगाडी धर्ना दिइरहेका छन् । घटनाको अहिले सम्म कुनै निष्कर्ष नआउँदा टीकापुर तनावग्रस्त बन्दै गएको छ ।
टीकापुरमा अहिले बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । तर आन्दोलनकारीले हत्यारा सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले माइकिङ गर्दै बजार, शैक्षिक संस्था, कलकारखाना बन्द गरी अन्यायको विरुद्धमा लागि सहयोग गर्न टीकापुरबासीसंग माग गरेका छन् ।
गत फागुन १७ गते राति टीकापुरमा होलि पुर्ब संध्यामा सितापुरका २२ वर्षिय करण थापाको हत्या भएको थियो ।
मृतकको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ। आफन्तले हत्या आरोपी पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै पोष्टमार्टम गर्न दिएका छैनन्। एसपी घिमिरेले आजै मृतकका बुबा भारतबाट पुग्ने र पोष्टमार्टम गरिने बताए। मृतकका बुबा रोजगारीका क्रममा भारतमा थिए।
एसपी घिमिरेले तीन दिनभित्र हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने लिखित सहमति भएको जानकारी दिए। उनले सहमतिसँगै मृतकका आफन्तले आन्दोलन स्थगित गर्ने बताए।
करिब १५ हजार मान्छे जम्मा भएको ठाउँमा केही व्यक्तिले धारिलो हतियार प्रहार गरेर थापाको हत्या गरेका थिए। उनको टाउको, पेट, छाती र पिठ्युँ गरी पाँच ठाउँमा प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ।
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ