ओलीको सत्ता : रावणको कथा–ब्यथा !

 

संसारमा त्यही शासक सफल हुन्छ जसले बदलिंदो समयको पदचाप महसुस गरेर जनभावना अनुकूलै आफूलाई चलाउन सक्छ भन्ने होचिमिन्हको महावाणीले गहिरो अर्थ राख्छ । होचिमिन्हले भियतनामी कम्युनिष्ट क्रान्तिको मूल कमाण्ड सम्हाले । पार्टीको सुप्रिमो र राष्ट्रपति बने । ‘फलेको वृक्ष हेर नझुकेको कहाँ छ र’ भन्ने कवि शिरोमणि लेखनाथ पौडेलको नीति श्लोकको आदर्श पुरुषजस्तै सत्तामा पुगेपछि पनि सादा जीवन र उच्च विचारलाई निरन्तरता दिए । राज्यबाट कुनै सुख सुविधा ग्रहण नगर्ने माक्र्सवादी सन्त कहलाए । उनको लवाई खुवाई र रहनसहन महात्मा गान्धीको भन्दा पनि सादगीपूर्ण थियो भनिन्छ । 

राष्ट्रपतिको दरबार छोडेर गरीब सर्वसाधारण जस्तै झुपडीमा बस्न थाले । नवउदारवाद र उपभोक्तावादको चकचकी भएको समकालीन दुनियाँमा होचिमिन्ह गान्धी अब्राहम् लिंकन, लेनिन, माओजस्ता त्याग तपस्याका प्रतीकहरु दिउँसै टर्च लाइट बालेर खोज्दा पनि दुर्लभ होलान् । तर कमसेकम भ्रष्टाचारको गन्धे नालीमा नफसेको शिष्ट, सुसंस्कारयुक्त र जनपक्ष्ँीय शासक खोजीमा जनताहरुले धेरै हैरानी व्यहोरिसके । चुनाव जितेर सत्तामा पुगेपछि आफ्नो धरातल बिर्सिने जनताको सामु ‘बडाहाकिम’ ‘पल्टिने, धनसम्पत्ति संग्रहमा जिउज्यान छाडेर मरिमेट्ने भोगविलासमा आकण्ठ डुबुल्की मार्ने नेपाली राजनीतिको सनातन परम्परामा आमूल परिवर्तन नभएसमम चियाकपमा तुफानरुपी गफले अब जनतालाई आकर्षित गर्न सकिदैन ।

कुशासन र भ्रष्टाचारको जरा सिंहदरबारदेखि गाउँटनोलसम्म फैलिएको छ । कर्म, कुकर्म, अपराध जे गरेर भनेपनि धन थुपार्ने मान्छेहरुको ताहुरमाहुर उत्पात बढेको छ । डरलाग्दो कुरा के छ भने भ्रष्टाचार नेपाली समाजको जीवनशैलजस्तो हुँदैछ । र, भ्रष्टाचारीले लूटको धनमा भोजभतेर चलाएर चुनाव जित्ने र सरकारमा पुगेर ब्रम्हलुट मच्चाउने कुसंस्कारलाई समाजले अनुमोदन गर्न थालेको छ ।भ्रष्टाचारी, अपराधी र दूराचारीहरु समाजमा तिरस्कृत र त्याज्य हुनुपर्नेमा उल्टै पुरस्कृत हुँदा ‘चोरलाई चौतारी र साधुलाई सुली’ उखानको सम्झना हुन्छ । त्यसकारण भ्रष्टाचारको विषवृक्षको जरो उखेलेर फ्याँक्न साहस गर्ने राजनेता मात्र यहाँ सफल हुनेछ ।

सबैभन्दा ठूलो बिडम्बना के छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको सूचीमा राखेका दीप बस्नेत अहिले त्यहाँ प्रमुख आयुक्त बनेर ढलीमली गर्दै २०७४ फागुन १ गतेबाट विदा भएका छन् । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरुकै योग्यता र नैतिकताबारे व्यापक प्रश्न उठिरहेको छ । अख्तियारका पूर्व प्रमुख आयुक्त लोक मान सिंह कार्की त भ्रष्टाचार र पदीय दुरुपयोग सठान्ध सावित नै भईहाले ।  राजनीति, प्रशासन न्यायालयको छवि जनताको आँखामा दिनप्रतिदिन गिर्दो छ । सत्तामा माफियातन्त्र हावी हुने र राजनीतिको मुहान धमिलो भएसम्म परिवर्तनको पाँडे पुराण फलाक्नुको कुनै तुक छैन । राजनीति जनसेवा र देशसेवाको उत्कृष्ट माध्यम हुनुपर्दथ्यो । तर, यहाँ राजनीति, कर्मचारीतन्त्र, न्यायसेवा पतन भएको छ । कुर्सीमा पुगेर सात पुस्तालाई पुग्ने धनमाल जोहो गर्ने विकृत मानसिकता हावी हुँदा देश खोक्रिँदै गएको छ । देशलाई बलियो र विकसित बनाउने प्रतिबद्धतासहित सत्तारोहण गरेको केपी ओली नेतृत्वको सरकारले जनतासामु सुशासन र भ्रष्टाचार मुक्त शासनको प्रतिबद्धता व्यक्त गरेको छ । चुनौतीका पहाड पन्छाउँदै सम्भावनाको शिखर चुम्ने हो भने नेपालको राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता, सार्वभौमिकताको रक्ष्ाँ गर्नुपर्छ, विकास र समृद्धिको  मार्ग पहिल्याउनुपर्छ ।

ओली सरकारसँग जनअपेक्षाको चाङ थुप्रिएका छन् । डाइनामिक र एक्सन ओरियन्टेड सरकारले भ्रष्ट, राजश्वमारा, काम चोर कर्मचारीलाई तह लगाउने अभियान थालिहाल्नु पर्छ । वाम सरकार डाइनामिक र एक्सन ओरियन्टेड सरकारको परिचय दिन चाहन्छ भने कामलाई भोलि भनेर साँच्नु हुँदैन । पौराणिक कथामा एउटा प्रसंग वर्णित छ–मृत्युशैयामा छटपटाइरहेको रावणबाट केही गुरुमन्त्र लिन रामचन्द्रले लक्ष्मणलाई पठाएछन् । शिवभक्त र विद्वान कहलाएका रावणले भनेछन्–‘दम्भ र अहंकार कहिल्यै नलिनु ।त्यसले पतनको खाडलमा खसाल्छ  र कामलाई कहिल्यै भोलि भनेर नसाँच्ने, नत्र मेरोजस्तो हालत हुन्छ । मैले सुनमा सुगन्ध हाल्ने, श्रीखण्डको बोटमा फूल फुलाउने र पृथ्वीबाट स्वर्ग जाने भ¥याङ बनाउने काम गर्न सक्थें । तर कामलाई भोलि–भोलि भनेर पन्छाउँदै जाँदा मेरो हालत यस्तो भयो । तपाइहरुले यसबाट ठूलो शिक्षा लिन सक्नुहुन्छ । ’

आज देशमा अराजकताको जगजगी छ, महंगी, भ्रष्टाचार, गरिबीले जनता आक्रान्त छन् । यस्तो गलत प्रवृत्तिविरुद्ध धावा बोल्दै गरिबी, भ्रष्टाचार, महंगी, कालाबजारीलाई अन्त्य गरेर देशलाई औद्योगिक विकासतर्फ लम्काउनुपर्छ । देश जोगाउने र बनाउने गुरुत्तर दायित्व बहन गरेको खण्डमा वर्तमान केपी ओलीको नेतृत्वको वाम सरकार युगौंयुग चिरस्मरणीय हुनेछ । र, नेपालमा समाजवादको सपना साकार हुनेछ ।

साँघुबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

संक्रमणकालीन न्यायमा अक्षम्य उदासीनता

श्रावण ३१, २०८० शस्त्र द्वन्द्वका पीडितहरूको निराशा चुलिँदो छ । आफ्नो जीवनकालमै सत्य र न्यायको माग