प्रदेश नम्वर ६ का यी हुन् ठुला पाँच आयोजना, जसले सम्वृिद्धलाई सघाउँछ

सुर्खेत–प्रदेशसभाको पहिलो बैठकमा बिकास र समृद्धिको चर्चा भएपनि यहाँका ठूला जलविद्युत आयोजना, राजमार्ग र नयाँ सहरको निर्माणको गति भने सुस्त छ । स्थानीय बासिन्दाको अवरोध र बजेट अभावका कारण आयोजनाले गति लिन सकेका छैनन् । माथिल्लो कर्णाली जलविद्युत् आयोजना, कर्णाली पञ्चकोसी राजमार्ग, नलसिङगाड जलविद्युत् आयोजना, नयाँ सहर र मध्यपहाडी राजमार्ग प्रदेश ६ का ठूला आयोजना हुन् । यी आयोजना सम्पन्न भए स्थानीय उत्पादनको बजारसम्मको पहुँच, सहरीकरण र विद्युतीकरण तीव्र गतिमा हुनुकासाथै प्रदेश ६ लाई विकास र समृद्धिको प्रगती पथमा लैजाने जनप्रतिनिधिहरूको दाबी छ ।IMG_7642_4QGcrC3g5bदुई नयाँ सहर बन्दै
प्रदेश ६ अन्र्तगत दैलेखको राकम कर्णाली र पश्चिम रुकुमको चौरजहारीमा नयाँ सहर निर्माण हुँदैछन् । तर, स्थानीय बासिन्दाले मुआब्जामा बिवाद निकालेपछि ढिलाइ हुनुकासाथै आयोजनाले रणनीति नै परिवर्तन गर्नुपरेको छ । 
आयोजनाका इन्जिनियर सञ्जीव शाहले भने, ‘ल्यान्डपोलिङ रणनीतिअनुसार नयाँ सहर विकास गर्न लागिएको छ ।’ यसअनुसार अधिग्रहण गरिएको जग्गामध्ये ३० प्रतिशत सडक र अन्य पूर्वाधारमा प्रयोग गर्ने र बाँकी ७० प्रतिशत जग्गाधनीलाई नै फिर्ता गरिनेछ ।
स्थानीय सरकार गठनपछि आयोजनाको काम अगाडि बढेको दैलेखको आठबीस नगरपालिका प्रमुख खड्गराज उपाध्यायले बताए । उनले भने, ‘स्थानीयसँगको छलफलपछि जग्गा फुकुवा गरिएका छन् ।’ अहिले राकम कर्णाली–४ को सेरावाडा र बगरखेतमा नयाँ सहरका लागि पूर्वाधार निर्माण गर्न डिपिआरको काम सुरु गरिएको छ । गत वर्ष आयोजनाले छकरोड ६८ लाख रुपैयाँ विनियोजन गरेको थियो । सडक निर्माण, सार्वजनिक जग्गा संरक्षणलगायतमा खर्च गरिएको शाहले बताए । यो वर्ष १० करोड विनियोजन भएको छ ।
त्यस्तै, पश्चिम रुकुमको चौरजहारीमा आर्थिक वर्ष ०६८÷६९ मै नयाँ सहर निर्माणको घोषणा गरिएपनि तीन वर्षअघि मात्रै काम सुरु भएको हो । सुरुवाती वर्षमा भवन डिभिजन कार्यालय, रोल्पाले हेर्दै आएको भएपनि गतवर्षदेखि चौरजहारीमै नयाँ सहर आयोजना कार्यालय स्थापना भएको छ । 


आयोजनाको भवनसहित सडक, बसपार्क निर्माणको काम भइरहेको निमित्त आयोजना प्रमुख रञ्जनकुमार दासले बताए । त्यस्तै, चौरजहारीमा चक्रपथ निर्माणको काम भइरहेको छ । ४२ किलोमिटरमध्ये १५ किलोमिटर ट्रयाक खोलिएको छ । त्यस्तै, मुख्य बजारको ७।८ किमी कालोपत्रे गर्न थालिएको छ ।
सात सयजना अटाउने सभागृह र एकीकृत सेवा केन्द्रको डिजाइन भइरहेको छ भने जग्गा विकास कार्यक्रमअन्तर्गत ६ सय रोपनी जग्गा छनोट गरिएको छ । सभागृह, एकीकृत सेवा केन्द्र र जग्गा विकासको काम यही वर्षबाट सुरु हुने दासले बताए । यो योजनाअन्तर्गत चौरजहारी नगरपालिका–१ देखि ५ वडामा नयाँ सहर निर्माण हुन लागेको हो । तीन वर्षमा १० करोड खर्च भइसकेको छ ।

नलसिङगाडको डिपिआरमै ढिलाइ
जाजरकोटको नलगाड नगरपालिका–१ मा निर्माण हुने जलाशययुक्त नलसिङगाड जलविद्युत् आयोजनाको डिपिआरमै ढिलाइ भएको छ । नलगाड सरोकार समिति अध्यक्ष गणेशप्रसाद सिंहले भने, ‘डिपिआरको काममै ढिलाइ भइरहेको छ ।’
४ सय १० मेघावाट क्षमताको यो आयोजनाको विद्युतगृह नलगाड नगरपालिका–७ दल्लीमा रहनेछ । वारेकोट गाउँपालिका–८ अँधेरी खोलामा जलाशययुक्त बाँध निर्माण हुनेछ । अँधेरी खोलाबाट ८।२५ किलोमिटर लामो सुरुङमार्फत दल्लीस्थित विद्युतगृहमा पानी खसालिनेछ । यसका लागि कालिमटीदेखि अँधेरी खोलासम्मको १० किलोमिटरमध्ये तीन किलोमिटर पहुँच मार्ग मात्रै निर्माण भएको छ । त्यस्तै, कालिमटीदेखि खनटाकुरा हुँदै सिर्के अँधेरी खोलासम्म वैकल्पिक पहुँच मार्ग निर्माणका लागि भर्खरै ठेक्का दिइएको छ ।
स्मेक कम्पनीले बाँधस्थल र विद्युत्गृहको डिपिआर बनाउने जिम्मा लिएको थियो । ४० प्रतिशत काम सकिएको आयोजनाका प्रतिनिधि नरेन्द्रसिंह भण्डारीले बताउनुभयो । ३ सय ५० मिटरभित्र भूमिगत विद्युत्गृह निर्माण गरिनेछ । भेरी नगरपालिका–१ रिम्नामा रहेको १५ क्विन्टलको जेनेरेटर र २४ क्विन्टलको ड्रिलिङ मेसिन ल्याउन नसक्दा डिपिआरका लागि ड्रिलिङ गर्ने काम रोकिएको हो । नेपाली सेनाले हेलिकोप्टर नदिँदा ती सामान ल्याउन नसकिएको आयोजनाका प्रतिनिधि भण्डारीले बताए ।
कर्णाली राजमार्गको विकल्प पञ्चकोसी राजमार्ग
सुर्खेतदेखि दैलेखको पश्चिमी भूभाग, कालिकोट हुँदै जुम्ला जाने कर्णाली राजमार्गको दूरी २ सय ३७ किलोमिटर छ । यसको विकल्पमा सुर्खेतदेखि दैलेख, कालिकोट हुँदै जुम्ला जोड्ने सडक निर्माणाधीन छ । यसलाई पञ्चकोसी राजमार्गको रूपमा अगाडि बढाइएको छ । दैलेखका प्रदेश सभा सदस्य अम्मरबहादुर थापाका अनुसार, यो सडक सञ्चालनमा आए कर्णाली राजमार्गभन्दा ७० किलोमिटर छोटो हुनेछ । यो सडक मुगु हुँदै चीनको नाग्चेनाँग्लासम्म जोड्ने तयारी रहेको थापाले बताए ।
सुर्खेतदेखि दैलेखसम्मको ६५ किलोमिटर पक्की सडक छ । दैलेखदेखि कालिकोटको सिमानासम्म ३२ किलोमिटर सडकको स्तरोन्नति भइरहेको छ । गत वर्ष पाँच करोड खर्च गरिएको थियो । दैलेखबाट कालिकोटको पद्मघाट जोड्न पक्की पुल आवश्यक छ । यो राजमार्ग निर्माणका लागि पनि पहल गर्ने सांसद गजेन्द्रबहादुर महतले बताए । जसले कर्णालीको यात्रा सहज हुने स्थानीयको भनाई छ । 
डोल्पामा सडक निर्माणमा सेना
डोल्पा सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडक निर्माणमा नेपाली सेना खटिएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डमा निर्माण कार्य भइरहेको छ । १ सय १७ दशमलव ७ किमीमध्ये १ सय १४ दशमलव ७ किमी सडक निर्माण भइसकेको छ । श्रीविण्डे–त्रिपुराकोट खण्डमा रहेको भीरमा निर्माण कार्य भइरहेको छ ।
यसलाई चीन र भारत जोड्ने सडकमा रूपमा लिइएको छ । उपल्लो डोल्पाबाट मोरिम्ला नाका हुँदै चीनसँग र बाँकेको रुपैडिया नाका हुँदै भारतसँग जोडिनेछ । यो चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो सडक भएको डोल्पाका सांसद धनबहादुर बुढाले बताए । उनका अनुसार चीनको मोरमिलादेखि डोल्पाको दुनैसम्म एकसय २० किमी, दुनैदेखि जाजरकोटसम्म १ सय १७ किमी र जाजरकोटबाट नेपालगन्ज १ सय ६७ किमी छ । यो सडकमा तीनवटा पुल बनाउन बाँकी छ ।
स्थानीयको अवरोध झेल्दै माथिल्लो कर्णाली
प्रदेश ६ को गौरवको आयोजनाका रूपमा हेरिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको उत्पादन क्षमता ९ सय मेगावाट छ । निर्यातमुखी आयोजना भएकाले यसबाट स्थानीय बासिन्दाले १२ प्रतिशत सेयर र रोजगारी पाउनेछन् । जसले गर्दा यो आयोजनालाई प्रदेश ६ को गतिलो आम्दानीको स्रोतका रूपमा हेरिएको छ । तर, अहिलेसम्म अन्तिम चरणमा पुग्नुपर्ने आयोजना निर्माणका लागि आवश्यक लगानी नै जुटेको छैन । सन् २००८ मा यो आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी जिएमआरलाई दिइएको थियो । १० वर्ष बितिसक्दा जग्गा विवाद र स्थानीय बासिन्दाको अवरोधमै आयोजना रुमलिइरहेको छ ।
आयोजनास्थल वरपर पर्ने रूख कटान, स्थानीयलाई दिनुपर्ने मुआब्जालगायतका विषय टुंगो लागेका छैनन् । स्थानीय बासिन्दा ऐनबहादुर शाहीले भने, ‘अहिलेसम्म सबै मुआब्जा नै पाएका छैनौँ ।’ आयोजना निर्माणपूर्वको वातावरणीय प्रभाव मूल्यांकन मात्रै सकिएको छ ।
दैलेखको आठबीस नगरपालिका–१ डाबमा बाँध निर्माण गरिनेछ । 
करिब ५८ मिटर अग्लो बाँधमा संकलन हुने पानीलाई दुईवटा सुरुङमार्फत अछाममा निर्माण गरिने विद्युत्गृहमा खसालिनेछ । आठबीस नगरपालिका प्रमुख खड्गराज उपाध्यायले निर्माण कम्पनी जिएमआरका सुर्खेतमा रहेका फिल्ड प्रमुख केके शर्मालाई फोन गरेर बोलाएको बताए । तर, उनले भेट गर्न अस्वीकार गरेपछि कम्पनीलाई नै पत्र पठाएर बोलाउने तयारी भइरहेको बताए ।
लगानी बोर्ड र जिएमआर कम्पनीबीच सन् २०१४ मा आयोजना विकास सम्झौता भएको थियो । सम्झौताको दुई वर्षभित्र वित्तिय व्यवस्थापन गर्नुपर्ने भएपनि जिएमआरले अहिलेसम्म लगानी जुटाउन सकेको छैन । निर्यातमुखी परियोजना भएकोले ‘क्रस बोर्डर गाइडलाइन’ का लागि भारत सरकारबाट प्रस्ताव आएको छ । सोअनुसार कागजातहरू तयार गर्ने काम भइरहेको छ । दुवै पक्षको सहमतिपछि हरियाणा र बंगलादेशसँग बिजुली खरिद सम्झौता हुने जनाएको छ । तर, स्थानीय बासिन्दा भने आयोजना बन्नेमा अझै विश्वस्त भैसकेका छैनन । ‘जिएमआरले लगानी जुटाएर आयोजना बन्ला भनेर ढुक्क हुन सकेका छैनौँ’ दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्मा भन्छन् ।
मध्यपहाडी राजमार्गको काम सुस्त
राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गले प्रदेश ६ का तीन जिल्लालाई समेट्छ । १ हजार ७ सय ६५ किलोमिटरमध्ये यो प्रदेशका रुकुम पश्चिममा ७४ किमि, जाजरकोटमा ८२ किमि र दैलेखमा १ सय २४ किमि गरी २ सय ८० किमि पर्छ । ट्र्याक खोलिएको भए पनि कालोपत्रे भने भएको छैन ।
यसले प्रदेश ६ मा बजार र पहँुचको विस्तार गर्ने दैलेखका प्रदेश सभा सदस्य अम्मरबहादुर थापाको भनाइ छ । उनले भने, ‘प्रदेश ६ को अहिलेको समस्या भनेको नै कनेक्टिभिटीको हो । हवाईसेवा नियमित र सर्वसुलभ छैन । मध्यपहाडी राजमार्गले आवतजावतमा सहज हुनेछ ।’

यससँगै केही स्थानको निर्माणमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन् । दैलेखको नारायण नगरपालिका–८ सिमाडादेखि वडा नं २ जाहारकोट खण्डको तीन किलोमिटर सडकमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । यो खण्डमा आयोजनाले ठेक्का नै गरेको छैन । स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका कारण टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना