ओलीलाई प्रचण्डको प्रस्ताव : अध्यक्ष ठिक छ अध्यक्षमै बस्नुस्, प्रधानमन्त्रीमा ठिक छ प्रधानमन्त्रीमै बस्नुस्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता नभए बामगठबन्धन धरापमा पर्न सक्ने बताएका छन् ।prachanda_dKYAXEWB8jएक टीभी च्यानलाई दिएको अन्तर्वार्तामा उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै एमाले अध्यक्ष केपी ओलीलाई दिन नसकिने पनि बताएका छन् । 

‘मैले  केपीजीलाई भनेको छु, जे सजिलो हुन्छ त्यो गर्नुस् । केपीजीलाई उमेरका हिसाबले उहाँले नै निर्णय गर्न मैले भनिरहेको छु । अध्यक्ष ठिक छ अध्यक्षमै बस्नुस्, प्रधानमन्त्रीमा ठिक छ प्रधानमन्त्रीमै बस्नुस्, जेमा सहज हुन्छ त्यो गर्नुस् ।  एकता सबैलाई सहज हुनुपर्ने गरि हुनुपर्छ । तर छलफलमा दरार केहीमा छैन । कसैले सबैथोक राख्यो भने एकता कसरी हुन्छ र ? ’ प्रचण्डले भनेका छन् ।

एमाले र माओवादीवीच पार्टी एकतामा शक्ति बाँडफाँडको विवाद भैरहदा प्रचण्डको यस्तो भनाई आएको हो । 

अन्तर्वार्तामा प्रचण्डले भनेका छन् 

–पार्टी एकता र गठबन्धनको चुनौति म के देख्छु भने यदि पार्टी एकता भएन भने गठबन्धन नै धरापमा पर्छ कि जस्तो चिन्ता मलाई लाग्न थालेको छ । पहिला पार्टी एकता भइदिए राम्रो । म त्यसैको प्रयासमा छु । यदि पार्टी एकता भएन भने पनि सरकार गठनबन्धनकै हुन्छ । सबै कुरा हेर्दा गठबन्धनको सरकार बन्दा केपी ओलीको नेतृत्वमा नै बन्छ । गठबन्धनको सरकार बनिसके पछि पनि एकिकरणको प्रक्रिया अगाडि बढी रहन्छ । नेपालको राजनीतिक इतिहासमा एमाले र माओवादी दुई धार हुन् । दुई धारबीच एकता हुँदा एकअर्कामा विलिन हुने कुरा हुनै सक्दैन । दुवै पक्ष सम्मानित भएर दुवै पक्षको कार्यकर्तामा ठूलो उत्पसाह थपे मात्र एकता हुने हो ।

–पार्टी एकता हुँदा तलदेखि माथिसम्म सबैलाई सहज हुने गरि हुनुपर्छ । तलदेखि माथिसम्म एकता भयो भने मात्र सबैले राम्रो महसुस गर्न सक्छ । त्यस्तो गरे मात्र एकता सफल हुनसक्छ । पार्टीका दुईजना अध्यक्षले एउटाले पार्टी र अर्कोले सरकार हेर्ने गरि मिलाउँदा सबभन्दा उचित हुन्छ । र, जनताको मनोविज्ञान बुझ्दा त्यही रहेको छ । यो भन्दा बाहिर जाँदा अप्ठ्यारा आउन सक्छ । तर अरु विकल्प नै छैन भने होइन मैले केपीजीलाई भनेको छु, जे सजिलो हुन्छ त्यो गर्नुस् । केपीजीलाई उमेरका हिसाबले उहाँले नै निर्णय गर्न मैले भनिरहेको छु । अध्यक्ष ठीक छ अध्यक्षमै बस्नुस्, प्रधानमन्त्रीमा ठिक छ प्रधानमन्त्रीमै बस्नुस् । जेमा सहज हुन्छ, त्यो गर्नुस् । एकता सबैलाई सहज हुनुपर्ने गरि हुनुपर्छ । छलफलमा दरार केहीमा छैन । कसैले सबैथोक राख्यो भने एकता कसरी हुन्छ र ?  

–पछिल्लो पाँच वर्षमा एकताका लागी एमाले र माओवादी केन्द्रबीच पच्चासौं पटक वार्ता भएको हो । यो कुरा कसैलाई थाह छैन । दिल्लीमा भएको १२ बुँदे सम्झौता थाहा छ । सिलगुडीमा भएको वार्ता थाह छ । वामदेव गौतम र युवराज ज्ञवालीलाई रोल्पाको लोसेवाङ्गमा घोडा चढाएर लगेर पार्टीको लाइन अनुसार एकता गर्ने लिखित सम्झौता भएको थियो । 

–अर्को कुरा ७० वर्षको इतिहासमा हुन नसकेको काम हामी गर्न लागेका छौँ । गठबन्धनको बहुमत सरकार बनाउन लागेका छौँ । आाउने दश वर्ष विकासको वर्ष बनाउन सक्नुपर्छ हामीले । सुशासन, स्थायीत्व र विकास यसैमा फोकस गरेर अबको सरकार अगाडि बढ्नुपर्ने हुन्छ । यही उद्देश्यका नीम्ति वाम गठबन्धनको सरकार बनाउन लागेको हौं । र, यसलाई जनताले पनि अनुमोदन गरिसकेको छ । सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता होस् भनि हामीले चाहेका हौं । 

पहिलो चोटी सरकारमा सहभागी हुँदै गर्दा शान्ति प्रक्रिया टुग्यांउने मुख्य उद्देश्य थियो । दोस्रो पटक सहभागि हुँदा पनि सेना समायोजन हुन्छ कि हुँदैन, हतियार व्यवस्थापन हुन्छ कि हुँदैन यो कुरामा राष्ट्रमा मात्र होइन, अन्तराष्ट्रिय जगतमा पनि सर्वाधिक चासोको विषय थियो त्यसलाई हामील आफ्नै नेतृत्वको पालामा टुग्याई दियौँ । हामीले एउटा सफल स्टोरी कायम गरेका छौँ जो दुनियाँमा कतै भएको थिएन । 

–दोस्रो पटक म आफै प्रधानमन्त्री बन्दा सविधान संशोधन कसरी गर्ने एकखालको अन्योल थियो । सविधान विघटन हुन्छ कि जस्तो अवस्था थियो त्यसको सामना गर्दै हामी कार्यान्वयनतर्फ लग्यौँ । यी सब कुरालाई सानो उपलब्धीका रुपमा लिन सकिदैनँ, अझै भन्नुहुन्छ भने लोडसेडिङ्ग अन्त्य गर्नुदेखि लिएर बाटो फराकिलो, आर्थिक वृद्धिदर बढाउने कामदेखि लिएर सबैलाई मिलाएर लग्ने काम गरेका थियौ र त्यो हाम्रै नेतृत्वमा सफल भएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना