February 9, 2018

नयाँ बर्ष नेपालमा मनाउन ३० हजार चिनियाँहरु आउने

 

काठमाडौं, माघ २६।    चिनियाँहरुको आफ्नो नयाँ बर्ष नेपालमा मनाउने योजना बनाएका चिनियाँ पर्यटकहरुको लागि ब्यवस्थित गर्न पर्यटन मन्त्रालयले तैयारी गर्ने भएको छ।फेब्रुअरी ११ देखि २४ सम्म नयाँ वर्षमा हुने लामो छुट्टीमा  नयाँ वर्ष मनाउन ३० हजार चिनियाँहरु पर्यटक नेपाल आउने अनुमान गरिएको छ।

माघ २५ गते बिहीबार पर्यटन मन्त्रालयमा पर्यटन सचिवको संयोजकत्वमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, पर्यटन बोर्डका सीइओ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रमुख, अध्यागमन र यातायात व्यवस्था विभागका प्रतिनिधिहरु उपस्थित रहेको बैठकले चिनियाँहरु पर्यटकको बसाईलाई विमानस्थलदेखि नै व्यवस्थित गर्न विभिन्‍न निर्णयहरु गरेको मन्त्रालयले जनाएको छ।

भिसालगायतका बिषयमा सहजीकरण गर्न विमानस्थलमा अध्यागमन विभागले छुट्टै डेस्क सञ्चा‍लन गर्ने, ब्यागेज ह्यान्डलिङलाई व्यवस्थित गर्न नागरिक उड्डयन प्राधिकरणले कनभेयर बेल्ट थप गर्ने, विमानस्थल परिसरमा पर्यटकलाई सूचना दिन पर्यटन बोर्डले डेस्क संचालन गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित