
काठमाडौं, माघ २६। चिनियाँहरुको आफ्नो नयाँ बर्ष नेपालमा मनाउने योजना बनाएका चिनियाँ पर्यटकहरुको लागि ब्यवस्थित गर्न पर्यटन मन्त्रालयले तैयारी गर्ने भएको छ।फेब्रुअरी ११ देखि २४ सम्म नयाँ वर्षमा हुने लामो छुट्टीमा नयाँ वर्ष मनाउन ३० हजार चिनियाँहरु पर्यटक नेपाल आउने अनुमान गरिएको छ।
माघ २५ गते बिहीबार पर्यटन मन्त्रालयमा पर्यटन सचिवको संयोजकत्वमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, पर्यटन बोर्डका सीइओ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रमुख, अध्यागमन र यातायात व्यवस्था विभागका प्रतिनिधिहरु उपस्थित रहेको बैठकले चिनियाँहरु पर्यटकको बसाईलाई विमानस्थलदेखि नै व्यवस्थित गर्न विभिन्न निर्णयहरु गरेको मन्त्रालयले जनाएको छ।
भिसालगायतका बिषयमा सहजीकरण गर्न विमानस्थलमा अध्यागमन विभागले छुट्टै डेस्क सञ्चालन गर्ने, ब्यागेज ह्यान्डलिङलाई व्यवस्थित गर्न नागरिक उड्डयन प्राधिकरणले कनभेयर बेल्ट थप गर्ने, विमानस्थल परिसरमा पर्यटकलाई सूचना दिन पर्यटन बोर्डले डेस्क संचालन गर्ने निर्णय गरिएको छ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र