February 2, 2018

औपचारिकतामै सिमित बाम एकताको बैठक

१९ माघ, काठमाडौं । पार्टी एकतासम्बन्धी छलफल एमाले र माओवादी  दुई अध्यक्षमै सीमित भएपछि वाम एकता संयोजन समिति बैठक औपचारिकतामै अल्झिन पुगेको छ । एमाले अध्यक्ष केपी ओलीको निवासमा बिहीबार बसेको बैठक पनि ठोस निर्णयबिनै टुंगियो । बैठकमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकतासम्बन्धी छलफल सकारात्मक दिशामै रहेको भनी ब्रिफिङ मात्र गरे ।

बैठकमा दुई दलबाट मुख्यमन्त्री र मन्त्रीहरूको बाँडफाँट टुंग्याउन गठित कार्यदलका नेता पनि सहभागी थिए । उनीहरूले पेस गरेको प्रतिवेदन बैठकले अनुमोदन गर्‍यो ।

७० र ३० प्रतिशतका आधारमा मन्त्रीहरूको पद बाँडफाँट गर्ने, मुख्यमन्त्री र सभामुख एमालेले ४, ४ र माओवादीले २र२ लिने प्रतिवेदनमा उल्लेख छ ।

पार्टी एकताबारे भने बैठकमा ठोस छलफल भएन । ‘कार्यदलले दिएको रिपोर्टलाई संयोजन समितिले अनुमोदन गरेको छ,’ कार्यदल सदस्यसमेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘अन्य विषयमा धेरै छलफल नै भएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक