January 31, 2018

प्रहरीकै मिलेमतोमा नियोजित बलात्कार काण्ड ! इन्स्पेक्टर थुनामा ! डीएसपी तीलक भारतीसँग बयान

 

 

काठमाडौं, माघ १७ \   सामुहिक बलात्कारमा परेकी युवतीलाइ रहस्यमय तवरले गायब गरिएको छ।सुदूरपश्चिम घर भई हाल ललितपुरमा बस्दै आएकी एउटी युवती सामुहिक बलात्कारमा परेकी थिइन्।दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा गत बिहीबार प्रेमीसहित पुगेकी ती युवतीलाइ अन्य तीन केटाले रातभर बलात्कार गरेका थिए।

बिहान तिनीहरुबाट फुत्किएर ती युवती सोझै प्रहरीकहाँ उजुरी गर्न पुगेकी थिइन्। महानगरीय प्रहरी वृत्त, दरबारमार्गले उनको उजुरी दर्ता गर्न आनाकानि मात्रै गरेन, इन्कार नै गर्यो।

उच्च धनाढ्य परिवारका छोराहरुले बलात्कार गरेको बुझिनासाथ प्रहरी इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीले उजुरी दर्ता नगर्न, थामथुम पारेर मिलाउन र केसलाइ सामसुम पारिदिन पूरै कसरत गरे।

“उजुरी गरेर के गर्छ्यौ ? मुद्दामामिला भनेको झमेलैझमेला मात्र हो। झमेलाले झन् उल्टै टेन्सन मात्रै दिने हो। मुद्दामामिलाबाट केही हातलाग्दैन। बरु उल्टै आफ्नो इज्जत-प्रतिष्ठामै असर पर्छ। केसलाइ मिलाउनेतिर जाउँ। रु.२० लाखको पसल खडा गरिदिन्छन् र अर्को ३० लाख नगदै दिन्छन्। नभए, एकमुष्ठ ५० लाख लिएपनि भयो। उस्का अभिभावकहरुलाइ बोलाएर ५० लाख अहिल्यै दिलाइदिन्छु।’  भनेर ती इन्स्पेक्टरले मलाइ सम्झाउने, बुझाउने, फकाउने-फुल्याउने काम मात्र गरिरहे।”  ती युवतीले आफन्तहरुसँग गुनासो पोखेकी थिइन्।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी अधिकृतहरु नै सोझै अपराधीको पक्षमा उभिएको यथार्थ जब बाहिर प्रकाशमा आयो, तबमात्र प्रहरी हेडक्वार्टरले चासो राख्यो। महानगरीय प्रहरी परिसरले हिजो सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीलाइ गणमै थुनामा राखिएको छभने डीएसपी तीलक भारतीसँग अहिले बयान लिईंदै छ।तर, यता ती बलात्कृत युवतीलाइ गायब गरिसकिएको छ। तिनको मोवाइल पनि स्विच-अफ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक