January 28, 2018

‘मोस्ट वान्टेड’ सांसद रेशम चौधरी के गर्दैछन् ?

 

 

कैलाली, १४ माघ– पुस ७ गते सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजसासले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्र्वािचत सांसद रेशम चौधरीले निर्वाचित भएको प्रमाणपत्र तत्काल पाउन नसक्ने आदेश जारी गर्यो ।

सांसद चौधरीले आफूविरुद्ध लागेको टीकापुर घटना घटाएको अभियोगको कानूनी प्रक्रियाबाट बाहिर रहेको भन्दै सर्वोच्चले संविधान अनुसार अर्को सुविधा दिन नसक्ने ठहर गरेपछि उनको सिंहदरवारको यात्रामा तत्कालको लागि पूर्णविराम लाग्यो । आफूलाई निर्वाचन आयोगले प्रमाणपत्र दिनुपर्ने माग गरी वारेसमार्फत सर्वोच्चमा दायर गरेको निवेदनमाथि सुनुवाई गर्दै फरार अभियुक्तले अदालती प्रक्रियालाई छलेर संविधान र कानूनको प्रावधान अनुसारको सुविधा लिन नपाउने ठहर गरेको हो । यसरी संसदमा टीकापुर घटनाको सफाइ दिने मनसुवा बनाएका रेशमको पहिलो गाँसमा ढुंगा लाग्न पुगेको छ ।

वि.स. २०७२ भदौ ७ गते सात जना प्रहरी र एक जना नाबालक मारिएको घटनाका आरोपी चौधरीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ ।

तर कैलाली निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रेशमले प्रवासमा रहेकै कारण न प्रत्यक्ष प्रचार न घरदैलौ न आमभा, मात्रै भिडियो सम्बोधनले करीव तीन गुणा मतान्तरले विपक्षीलाई पराजित गरे । जीतसँगै उनको चर्चा थप चुलियो । 

चुनावमा ३४ हजार तीन सय ४१ मत पाएको उनको निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनकी उम्मेदवार गरिमा शाह १३ हजार चार सय छ मतमै चित्त बुझाउनु प¥यो । त्यस्तै नेपाली काँग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार दुई सय तीन मतमै सीमित हुनु प-र्यो । 

सर्वोच्चको उक्त निर्णय भएको केहि दिन अगावै सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित उच्च स्तरीय छानविन आयोगले तराई–मधेस आन्दोलन सम्बन्धी तयार पारिएको स्थलगत अनुगमन तथा छानविन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझायो । प्रतिवेदन अनुसार उनी घटनाको मुख्य योजनाकार नभएको उल्लेख गरेपछि उनको प्रवास बसाई समापन हुने आँकलन धेरैको थियो । तर उक्त प्रतिवेदन पूर्ण रुपमा सार्वजनिक नगरिनु र कार्यान्वयन प्रक्रियामा नजानुले उनको कानूनी उल्झन लम्बिदै गएको छ ।

२७ महिना देखि चौधरी नेपाल बाहिर रहेका उनी निकटहरुको दाबी छ । सामाजिक सञ्जाल नै आफ्नो सूचना अदानप्रदानको मुख्य साधन बनाएका उनी अधिकांश समय भारतमै बस्ने गरेको उनी निकटहरु बताउँछन् । जहाँ उनले जिविकोपार्जनकै लागि गोवा महोत्सवमा नेपाली मह विक्रि वितरण गरेको, स्कूलमा काम गरेकोलगायत जानकारी पुस्तक ‘टीकापुर घटनाको चिरफार’मा रेशमले उल्लेख गरेका छन् । प्रवासमै उक्त पुस्तक लेखेका उनी अर्को पुस्तकको तयारी समेत जुटेका छन् । अध्ययन र लेखनमा पनि वढी समय बित्ने गरेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक