बाम गठबन्धनलाई फुटाउन ठूलो चलखेल भैरहेको छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनलाई फुटाउन ठूलो कसरत भइरहेको दाबी गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको दाबी गरेका हुन् ।prachanda_cQhc2uT3qZकार्यक्रममा बोल्दै अध्यक्ष दाहालले बाम गठबन्धनलाई फुटाउन नदिन सजक र सचेत रहनुपर्नेमा पनि जोड दिए । उनले मुलुकलाई समृद्ध बनाउने बामगठबन्धनको संकल्प पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष दाहालले नयाँ सरकार बन्ने वित्तिकै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन बाम गठबन्धनले सुशासन र विकासका प्राथमिकता निर्धारण गर्न कार्यदलनै गठन गरेको पनि स्पष्ट पारे । 

अध्यक्ष दाहालले जनादेश अनुसार सत्ता हस्तान्तरण गर्न समेत नदिने प्रयास भइरहेको दाबी गर्दै त्यसलाई असफल बनाउन नेपाली जनताको बलियो एकताको आवश्यकतामा जोड दिए ।  नेपाललाई सुखी र समृद्ध भएको देख्न नचाहने शक्तिहरुलेनै सत्ता हस्तान्तरण प्रक्रियामा पनि अवरोध पुर्याइरहेको दावी गर्दै उनले मुलुकलाई स्थायित्व दिने, विकास निर्माणको कामलाई तीव्रता दिने र जनताको आकांक्षा सम्बोधन गर्ने चुनौती बामपन्थी नेतृत्वको सामू आएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना