January 22, 2018

५० हजार नेपालीको हातमा पुग्यो एमआरपी !

 २०७४ माघ ८ ,काठमाडौं । सात वर्षमा ५० लाखभन्दा बढी नेपालीले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिएका छन् । सन् २०१० डिसेम्बरदेखि २०१७ डिसेम्बरसम्ममा एमआरपी लिनेको संख्या ५१ लाख ५७ हजार ८३६ पुगेको छ । यस अवधिमा कूटनीतिक राहदानी ३ हजार ८१०, विशेष राहदानी १४ हजार ४१८, साधारण राहदानी ५१ लाख ३८ हजार २४८ तथा यात्रा अनुमतिपत्र १३ सय ६० वटा वितरण भएको तथ्यांक छ ।

२०१० डिसेम्बर २६ देखि एमआरपी लागू भए पनि यसको अनिवार्य प्रयोग तथा हस्तलिखित राहदानीको खारेज भने २४ नोभेम्बर २०१५ बाटमात्रै भएको थियो ।

सन् २०१० मा ११ सय १३, २०११ मा ३ लाख ३९ हजार ९३४, २०१२ मा ४ लाख ६९ हजार ७८१ र २०१३ मा ६ लाख ७१ हजार ६६६ ले विभिन्न किसिमका राहदानी लिएको तथ्यांक छ । त्यस्तै सन् २०१४ मा १३ लाख ४० हजार ८४२, २०१५ मा ११ लाख १५ हजार ४६८, २०१६ मा ६ लाख ९९ हजार ६२० र २०१७ मा ५ लाख १९ हजार ४१२ जनालाई एमआरपी वितरण भएको राहदानी विभागले जानकारी दिएको छ ।

राहदानी विभागबाट प्रत्यक्षबाहेक जिल्ला तथा विदेशस्थित दूतावास वा कूटनीतिक नियोगमार्फत पनि राहदानी लिन सकिने व्यवस्था छ । २०१७ सम्ममा विभागमार्फत् २० लाख ४६ हजार ५७१, जिल्लामार्फत २४ लाख ३९ हजार २५६ र विदेशी नियोगमार्फत् ६ लाख ७२ हजार ९ वटा राहदानी वितरण भएको छ ।

राहदानी लिने महिलाको संख्या भन्दा पुरुषको संख्या ५ गुणा बढी छ । सात वर्षमा राहदानी लिने महिलाको संख्या ८ लाख ९१ हजार ८८८ रहेको छ भने पुरुषको संख्या ४२ लाख ६५ हजार ९२५ रहेको छ । २३ जना तेस्रो लिंगीले पनि एमआरपी लिएका छन् ।

तत्काल ई–पासपोर्ट नआउने 

राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने मनसाय बनाए पनि तल्काल यो लागू हुने सम्भावना भने देखिएको छैन । नक्कली नागरिकता बनाएर त्यसको आधारमा पासपोर्ट बनाउने कतिपय गुनासो आएपछि पासपोर्टको वैधानिकताप्रति प्रश्न उठेको थियो । तर, विभागका प्रशासकीय निर्देशक एवं सूचना अधिकृत प्रकाशमणि पौडेलले तल्कालै ई–पासपोर्टका जानुपर्ने कुनै आवश्यकता नरहेको बताए । उनले भने, “ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष त निकालिएको छ तर तल्काल जाने भनेको होइन ।”

त्यसको लागि छलफल भने भइरहेको उनले बताए । खासगरी नेपाल बाहिरबाट आउने आवेदनमा दुरुपयोग वा गलत भएको आशंका हुने गरेको थियो । “एमआरपी दुरुपयोग भएको भन्ने हालसम्म विभागमा कुनै गुनासो आएको छैन,” उनले भने, “एमआरपी सुरक्षित नै छ, यसमा फोटो परिवर्तन गर्न मिल्दैन । त्यसैले अहिले नै परिवर्तन गरिहाल्ने सोच त छैन तर लगभग २ वर्षपछि भने ई–पासपोर्टमा जाने तयारी भइरहेको छ ।”

एक दिनमै पाइन्छ पासपोर्ट

राहदानी विभागले राहदानी लिन अहिले कुनै झन्झट नरहेको जनाएको छ । विभागका अनुसार अहिले आवश्कयताअनुसार एक दिनमै पासपोर्ट लिन सकिन्छ । द्रुत सेवाअन्तर्गत आवेदन फारम बुझाउँदा समयअनुसार लाग्ने शुल्क निर्धारण गरिएको छ ।

राहदानी नयाँ लिन तथा नवीकरणका लागि तीन दिनमा लिनका लागि १० हजार, दुई दिनमा लिन १२ हजार र एक दिनमा लिन १५ हजार रुपैयाँ लाग्नेछ । त्यस्तै आवेदकको गल्तीले बिग्रिएर एक वर्षभित्र पुनः राहदानी बनाउँदा तीन दिनमा बनाउनु परे ५ हजार, २ दिनमा बनाउनु परे ७ हजार हजार र एक दिनमा बनाउनु परेमा १० हजार रुपैयाँ शुल्क लाग्नेछ । तर, विभागको गल्तीले बिग्रिएर एक वर्षभित्र पुनः बनाउनु परेमा भने कुनै शुल्क नलाग्ने विभागले स्पष्ट पारेको छ ।

हराएको, बिग्रिएको वा च्यातिएको एक वर्ष नाघेर बनाउनु परेको खण्डमा लाग्ने मूल्यसूची भने फरक छ । त्यस्तो अवस्थामा तीन दिनमा राहदानी लिनका लागि १५ हजार, दुई दिनमा लिन १७ हजार तथा एक दिनमा लिन २० हजार रुपैयाँ लाग्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य