January 22, 2018

५० हजार नेपालीको हातमा पुग्यो एमआरपी !

 २०७४ माघ ८ ,काठमाडौं । सात वर्षमा ५० लाखभन्दा बढी नेपालीले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिएका छन् । सन् २०१० डिसेम्बरदेखि २०१७ डिसेम्बरसम्ममा एमआरपी लिनेको संख्या ५१ लाख ५७ हजार ८३६ पुगेको छ । यस अवधिमा कूटनीतिक राहदानी ३ हजार ८१०, विशेष राहदानी १४ हजार ४१८, साधारण राहदानी ५१ लाख ३८ हजार २४८ तथा यात्रा अनुमतिपत्र १३ सय ६० वटा वितरण भएको तथ्यांक छ ।

२०१० डिसेम्बर २६ देखि एमआरपी लागू भए पनि यसको अनिवार्य प्रयोग तथा हस्तलिखित राहदानीको खारेज भने २४ नोभेम्बर २०१५ बाटमात्रै भएको थियो ।

सन् २०१० मा ११ सय १३, २०११ मा ३ लाख ३९ हजार ९३४, २०१२ मा ४ लाख ६९ हजार ७८१ र २०१३ मा ६ लाख ७१ हजार ६६६ ले विभिन्न किसिमका राहदानी लिएको तथ्यांक छ । त्यस्तै सन् २०१४ मा १३ लाख ४० हजार ८४२, २०१५ मा ११ लाख १५ हजार ४६८, २०१६ मा ६ लाख ९९ हजार ६२० र २०१७ मा ५ लाख १९ हजार ४१२ जनालाई एमआरपी वितरण भएको राहदानी विभागले जानकारी दिएको छ ।

राहदानी विभागबाट प्रत्यक्षबाहेक जिल्ला तथा विदेशस्थित दूतावास वा कूटनीतिक नियोगमार्फत पनि राहदानी लिन सकिने व्यवस्था छ । २०१७ सम्ममा विभागमार्फत् २० लाख ४६ हजार ५७१, जिल्लामार्फत २४ लाख ३९ हजार २५६ र विदेशी नियोगमार्फत् ६ लाख ७२ हजार ९ वटा राहदानी वितरण भएको छ ।

राहदानी लिने महिलाको संख्या भन्दा पुरुषको संख्या ५ गुणा बढी छ । सात वर्षमा राहदानी लिने महिलाको संख्या ८ लाख ९१ हजार ८८८ रहेको छ भने पुरुषको संख्या ४२ लाख ६५ हजार ९२५ रहेको छ । २३ जना तेस्रो लिंगीले पनि एमआरपी लिएका छन् ।

तत्काल ई–पासपोर्ट नआउने 

राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने मनसाय बनाए पनि तल्काल यो लागू हुने सम्भावना भने देखिएको छैन । नक्कली नागरिकता बनाएर त्यसको आधारमा पासपोर्ट बनाउने कतिपय गुनासो आएपछि पासपोर्टको वैधानिकताप्रति प्रश्न उठेको थियो । तर, विभागका प्रशासकीय निर्देशक एवं सूचना अधिकृत प्रकाशमणि पौडेलले तल्कालै ई–पासपोर्टका जानुपर्ने कुनै आवश्यकता नरहेको बताए । उनले भने, “ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष त निकालिएको छ तर तल्काल जाने भनेको होइन ।”

त्यसको लागि छलफल भने भइरहेको उनले बताए । खासगरी नेपाल बाहिरबाट आउने आवेदनमा दुरुपयोग वा गलत भएको आशंका हुने गरेको थियो । “एमआरपी दुरुपयोग भएको भन्ने हालसम्म विभागमा कुनै गुनासो आएको छैन,” उनले भने, “एमआरपी सुरक्षित नै छ, यसमा फोटो परिवर्तन गर्न मिल्दैन । त्यसैले अहिले नै परिवर्तन गरिहाल्ने सोच त छैन तर लगभग २ वर्षपछि भने ई–पासपोर्टमा जाने तयारी भइरहेको छ ।”

एक दिनमै पाइन्छ पासपोर्ट

राहदानी विभागले राहदानी लिन अहिले कुनै झन्झट नरहेको जनाएको छ । विभागका अनुसार अहिले आवश्कयताअनुसार एक दिनमै पासपोर्ट लिन सकिन्छ । द्रुत सेवाअन्तर्गत आवेदन फारम बुझाउँदा समयअनुसार लाग्ने शुल्क निर्धारण गरिएको छ ।

राहदानी नयाँ लिन तथा नवीकरणका लागि तीन दिनमा लिनका लागि १० हजार, दुई दिनमा लिन १२ हजार र एक दिनमा लिन १५ हजार रुपैयाँ लाग्नेछ । त्यस्तै आवेदकको गल्तीले बिग्रिएर एक वर्षभित्र पुनः राहदानी बनाउँदा तीन दिनमा बनाउनु परे ५ हजार, २ दिनमा बनाउनु परे ७ हजार हजार र एक दिनमा बनाउनु परेमा १० हजार रुपैयाँ शुल्क लाग्नेछ । तर, विभागको गल्तीले बिग्रिएर एक वर्षभित्र पुनः बनाउनु परेमा भने कुनै शुल्क नलाग्ने विभागले स्पष्ट पारेको छ ।

हराएको, बिग्रिएको वा च्यातिएको एक वर्ष नाघेर बनाउनु परेको खण्डमा लाग्ने मूल्यसूची भने फरक छ । त्यस्तो अवस्थामा तीन दिनमा राहदानी लिनका लागि १५ हजार, दुई दिनमा लिन १७ हजार तथा एक दिनमा लिन २० हजार रुपैयाँ लाग्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले