January 18, 2018

किन मुख्यमन्त्री भन्दा प्रदेश प्रमुख पावरफूल ?

 

 
 
 

३ माघ, काठमाडौं । प्रदेश प्रमुखको व्यवस्था नेपालमा नयाँ हो । बुधबार नियुक्ति पाएका ७ जना प्रदेश प्रमुखहरुले अब आ-आफ्नो प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नेछन् । यससँगै प्रदेश सरकारको गठन हुनेछ । र, मुख्यमन्त्री अनि प्रदेशसभा प्रमुख दुबैले आ-आफ्नो ‘पावर एक्सरसाइज’ सुरु गर्नेछन् ।

संविधानको धारा १६२ ले प्रदेशको कार्यकारी अधिकार प्रदेश मन्त्रिपरिषदमा रहने व्यवस्था गरेको छ । तर, संघीय शासन लागूभएका बेलामा भने सो प्रदेशमा प्रदेश प्रमुखले कार्यकारी अधिकार प्रयोग गर्ने सोही धारामा उल्लेख छ ।मुख्यमन्त्री जननिर्वाचित भएको हुनाले स्वतः उनी प्रदेश प्रमुखभन्दा शक्तिशाली हुनेछन् । तर, प्रदेशमा केन्द्र सरकार हावी भयो भने प्रदेश प्रमुख र मुख्यमन्त्रीवीच शक्ति संघर्ष चर्कन सक्छ ।

किनभने, संविधानको धारा १६२ को उपधारा ४ ले संघ र प्रदेशको साझा अधिकारको विषयमा प्रदेश सरकारले कार्यकारिणी अधिकारको प्रयोग गर्दा ‘नेपाल सरकारसँग समन्वय गरी गर्नुपर्ने छ’ भन्ने अनुबन्धनात्मक वाक्यांश उल्लखे गरेको छ । संविधानको यो प्रावधानले प्रदेश प्रमुख (प्रदेशमा नेपाल सरकारका प्रतिनिधि) लाई बलियो बनाएको छ ।

नियुक्ति गर्ने र हटाउने सम्बन्धमा भने प्रदेश प्रमुखको धरातल निकै कमजोर छ । मुख्यमन्त्रीलाई प्रदेशसभाको बहुमतविना केन्द्र सरकारले चाहँदैमा हटाउन मिल्दैन । तर, प्रदेश प्रमुखको पद भने केन्द्र सरकारको तजबिजीमा भर पर्छ ।

केन्द्र सरकार फेरबदल हुँदैमा मुख्यमन्त्रीलाई असर गर्दैन । तर, केन्द्र सरकारको अस्थिरताको सोझो असर प्रदेश प्रमुखमा पर्छ ।

प्रदेश प्रमुखको काम के ?

बुधबार नियुक्त भएका ७ जना प्रदेश प्रमुखहरुको औपचारिक नियुक्ति राष्ट्रपतिले गर्नेछिन् । यसका लागि सरकारले बुधबार राति नै पत्र तयार पारिसकेको छ ।

राष्ट्रपतिले औपचारिक नियुक्ति गरिसकेपछि संविधानको धारा १६७ अनुसार आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखहरुले शीतलनिवासमा पुगेर राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ खानुपर्ने हुन्छ ।

सपथ खाइसकेपछि प्रदेश प्रमुखहरुले निर्वाचन आयोगबाट आ-आफ्नो प्रदेशको चुनावी नतिजा बुझ बुझारथ गर्नेछन् ।

चुनावी नतिजा प्राप्त भइसकेपछि प्रदेश प्रमुखले आफ्नो प्रदेशका प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् ।

त्यसपछि प्रदेशसभा प्रमुखले आफ्नो प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । यसअघि दलहरुले प्रत्येक प्रदेशसभामा संसदीय दलको नेता चयन गरेर प्रदेश प्रमुखको कार्यालयमा पेश गर्नेछन् ।

समग्रमा भन्दाखेरि प्रदेश प्रमुखको काम भनेको प्रदेश सरकार गठन गर्ने, प्रमाणीकरणका कामहरु गर्ने, प्रदेश सरकारका गतिविभिहरुको रिपोर्ट लिने, केन्द्र सरकार र प्रदेश सरकारवीच पुलको काम गर्ने अनि प्रदेश सरकार नरहेको अवस्थामा कार्यकारी अधिकार प्रयोग गर्ने लगायत छन् ।

मुख्यमन्त्री नियुक्तिदेखि संसद विघटनसम्म ?

प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त भइसकेपछि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद गठन हुनेछ । त्यसरी प्रदेश सरकार बनाउँदा कुल प्रदेश सभा सदस्य संख्याको २० प्रतिशत नबढ्ने गरी बनाउनुपर्ने हुन्छ ।

सुरुमा संविधानको धारा १६८ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशमा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्छ । तर, कुनै दलको बहुमत नभए प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्छ ।

प्रदेशको अन्तिम चुनावी नतिजा घोषणा भएको ३० दिनभित्र पनि त्यसरी मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था भएन भने प्रदेशमा सबैभन्दा बढी सदस्य भएको दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छ । त्यसको मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत ल्याएर देखाउनुपर्ने हुन्छ ।

त्यस्तो मुख्यमन्त्रीले ३० दिनमा विश्वासको मत ल्याउन नसकेमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी ५ महिनाभित्र नयाँ निर्वाचनको मिति घोषणा गर्न सक्ने संविधानको धारा १६८ को उपधारा ७ ले प्रदेशसभा प्रमुखलाई अधिकार दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि