‘टाइगर जिंदा है’ले बनायाे इतिहास

 बलिउड अभिनेता सलमान खानले इतिहास रचेका छन् । उनको फिल्म ‘टाइगर जिंदा है’ले घरेलु बक्स अफिसमा रिलिजको १६ औं दिनमा ३०० करोडको व्यापार गरेर एक नयाँ किर्तिमान बनाएको छ । बलिउडमा उनको तीन वटा फिल्मले ३०० करोडको आँकडा पार गरिसकेको छ ।

Salman-khan

सलमान खार कट्रिना कैफको यस फिल्मले ३०० करोडको व्यापार गर्न नसक्ने अवस्थामा पुगेको थियो । तर, शनिबार फिल्मले पाँच करोडमाथिको व्यापार गरेपछि यो सम्भव भएको हो । यसअघि सन् २०१८ मा रिलिज भएको फिल्म ‘बजरंगी भाईजान’ले पनि घरेलु बक्स अफिसमा ३२० करोडको व्यापार गरेको थियो । त्यस्तै सन् २०१६ मा रिलिज भएको फिल्म ‘सुल्तान’ले ३०० करोडको सानदार कलेक्शन गरेको थियो ।

तीन सय करोड क्लबमा आमिर खानको अहिलेसम्म दुई फिल्मले प्रवेश पाएका छन् । सन् २०१६ मा रिलिज भएको ‘दंगल’ र सन् २०१४ मा रिलिज भएको ‘पिके’ले घरेलु बक्स अफिसमा ३०० करोडमाथिको कलेक्शन गरेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको