यस्तो छ बलिउड सेलिब्रेटीको कमाई

 फोर्ब्स इंडियाले शीर्ष १०० सेलिब्रेटिजको सूची जारी गरेको छ । बलिउडका दबंग सलमान खान एकपटक पुन: यस सूचीको शीर्षस्थानमा रहन सफल भएका छन् । करिब २ अर्ब ३२ करोड भारु कमाएका उनी लगातार दुई वर्ष यस सूचीको शीर्षस्थानमा रहेका हुन् । त्यस्तै अर्का अभिनेता शाहरुख खान १ अर्ब ७० करोड भारुका साथ दोस्रो नम्बरमा छन् । यस सूचीको तेस्रो नम्बरमा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली छन् । जसको कमाई करिब १ अर्ब भारु रहेको छ ।

राष्ट्रिय पुरस्कार विजेता अभिनेता अक्षय कुमार ९८ करोडका साथ यस सूचीको चौथो नम्बरमा छन् । उता सचिन तेन्दुलकर भने ८२ करोडका साथ पाँचौं स्थानमा छन् ।

अभिनेता आमिर खान ६९ करोडका साथ छैटौं स्थानमा रहँदा अन्तर्राष्ट्रिय स्तरमा लोकप्रियता हासिल गरेकी अभिनेत्री प्रियंका चोपडा ६८ करोडका साथ यस सूचीको सातौं नम्बरमा छिन् ।

क्रिकेटर महेन्द्र सिंह धोनी करिब ६४ करोड कमाएर आठौं स्थानमा छन् । त्यस्तै अभिनेता ऋतिक रोशन ६३ करोडका कमाई गरी यस सूची नवौं स्थानमा रहन सफल भए भने अभिनेता रणवीर सिंह ६२ करोड कमाउँदै यस सूचीको दशौं स्थानमा अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको