आठ हजार विद्यार्थी  त्रिविबाट दीक्षित  हुने !

 

 पौष ६,काठमाडौं, त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षान्त हुने भएका छन्। समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।

समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस पुल्चोक ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिने छ।

उक्त अवसरमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने तामाङसहित १५ र स्नातक तहमा उत्कृष्ट ल्याउने आठ जनालाई विभिन्न पदक पनि प्रदान गरिने भएको छ । समारोहमा आठ हजार २६७ विद्यार्थी दीक्षित हुने त्रिविका परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ थपलियाले जानकारी दिए।

उनका अनुसार ६२ जना विद्यावारिधि प्राप्त छन् । समारोहमा त्रिविबाट २०७३ जेठ १७ देखि २०७४ असार १६ गतेसम्म स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिन्छ । दीक्षित हुने विद्यार्थीलाई यही पुस ९ देखि गाउन र स्कार्फ वितरण गरिने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र