
काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको पनि मतगणना समाप्त भएको छ । यसअनुसार प्रत्यक्षतर्फ १६५ मा ८० स्थान जितेको एमालेले समानुपातिकतर्फ थोरैमात्रै मतले कांग्रेसलाई उछिनेको छ ।
एमालेले ४८ हजार १८७ मतले कांग्रेसलाई उछिनेको छ । एमालेले ३१ लाख ६४ हजार ४०६ मत प्राप्त गरेको छ भने कांग्रेसले ३१ लाख १७ हजार ०७९ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १२ लाख ९८ हजार ३९० मत प्राप्त गरेको छ । चौथो र पाँचौँमा मधेसवादी दल बनेका छन् । चौथोमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २११ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार ३ मत प्राप्त गरेका छन् ।
विवेकशील साझा, नयाँ शक्ति र यसअघि संसदमा प्रतिनिधित्व गरेका कुनै पनि दलले थ्रेसहोल्ड कटाउन सकेनन् । कानुनतः थ्रेसहोल्ड पूरा गर्न कुल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ । विवेकशील साझाले २ लाख १२ हजार ३१८ र राप्रपाले १ लाख ९६ ३५४ मत हासिल गरे । नवौँ स्थानमा रहेको नयाँ शक्तिले ८१ हजार ५६८ मत प्राप्त गरेको छ ।
प्राप्त परिणामलाई सन्ट–लग मेथडमा हालेर दलहरूले प्राप्त गर्ने सिट संख्या निर्धारण गरिन्छ । हालसम्म पाँचवटा दलले मात्रै थ्रेसहोल्ड कटाउन सकेकाले आयोगले दिएको मतपरिणामलाई आधार मान्दा एमालेले समानुपातिकमा ४१ सिट पाउँछ । त्यस्तै, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र राजपा, संघीय समाजवादी फोरम, नेपालले समान ६-६ सिट पाउँछन् ।
यसरी हुन्छ सिट बाँडफाँड

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष