काठमाडौं, २ पुस – नेकपा एमालेका अध्यक्ष तथा वाम गठबन्धनका नेता केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न थालेको आरोप लगाएका छन् ।

वाम गठबन्धनले आइतबार होटेल अन्नपूर्णमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । ‘खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न मिल्छ,’ ओलीले प्रश्न गर्दै भने, ‘राजनीतिमा नैतिकता हुन्छ कि हुन्न ? जनमतको सम्मान हुन्छ कि हुँदैन ?’ उनले देउवा सरकारले जनमतको सम्मान गरेर बाटो खुला गर्नुपर्नेमा जोड दिए ।
उनले राष्ट्रपतिले प्रधानमन्त्रीले पठाएको विधेयक जारी गर्न नमिल्ने धारणा राखे । ‘शेरबहादुरजीले प्रधानमन्त्रीको कुर्सीमा बसेर राष्ट्रपतिलाई आरोप लगाइरहनुभएको छ,’ ओलीले भने, ‘राष्ट्रपतिले संविधानको भावनाअनुसार छ कि छैन भन्ने विचार गर्नुपर्छ ।’ उनले प्रधानमन्त्रीले असंवैधानिक काम गर्न राष्ट्रपतिलाई दबाव दिन नहुने धारणा व्यक्त गरे ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि