
काठमाडौ– निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेपाली कांग्रेसभित्र नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ । नेतृत्वको विकल्पबारे छलफल नभएपनि व्यक्तिगत रुपमा नेता कार्यकर्ताबीच नेतृत्वको विकल्पबारे चर्चा,परिचर्चा र बहस हुन थालेको हो । गगन थापा, डा रामशरण महत, धनराज गुरुङ, डा शेखर कोइराला लगायतले कांग्रेसकाे सुद्धिकरण आवाश्यक रहेको बताएका छन् । मतपरिणामबारे समिक्षा गर्ने भन्दै अबको समिक्षाले कांग्रेसलाई माथि उठ्न सहयोग पुग्ने विश्वास समेत गरेका छन् ।‘कांग्रेसभित्र ठूलै रिफर्म गर्न जरुरी छ, यो नगरे नेपाली कांग्रेस अबको केही समयपछि इतिहासमा परिणत हुनसक्छ । त्यसका लागि पहिला केन्द्रीय समिति बैठक बोलाउनुपर्छ, त्यसपछि महासमितिको बिशेष बैठक बोलाउनुपर्छ ति बैठकमा उठेको आवाजलाई सम्बोधन गरिनुपर्छ’ कांग्रेस नेता डा शेखर कोइरालाले बताए ।प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाममा कांग्रेस तेस्रो स्थानमा छ । यसअघि (२०७०) को निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसरी एकाएक तेस्रो स्थानमा आएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले मतपरिणामबारे अहिलेसम्म मुख खोलिसकेका छैनन् ।
तर, कतिपय नेताहरुले नेतृत्वकै असक्षमताका कारण हार ब्यहोर्नुपरेको अभिव्यक्ति दिन थालेपछि देउवा दवावमा परेका छन् । देउवा निकट मानिएका कांग्रेस नेता डा प्रकाशशरण महतका अनुसार यो निर्वाचनमा मत परिणाम अनपेक्षित आएपनि त्रिपक्षिय भीडन्त हुनुपर्ने ठाउमा दुईपक्षीय भएकाले यस्तो नतिजा आएको बताए ।देउवा निकट श्रोतका अनुसार समानुपातिक तर्फको अन्तिम नतिजा आएको दुई दिनभित्र केन्द्रीय समिति बैठक राखेर निर्वाचनबारे समिक्षा गर्ने तयारी भइरहेको छ । तर, केन्द्रीय समिति बैठकमा केही नेताले नैतिकताको आधारमा राजिनामा दिनुपर्नेसम्मको सुझाव दिने तयारी गरेका छन् ।
प्रत्यक्षतर्फको मतपरिणाम आइसकेपनि समानुपातिक तर्फको अन्तिम नतिजा भने आइसकेको छैन । समानुपातिकतर्फ भने कांग्रेस सम्मानजनक अवस्थामै छ ।
कांग्रेसलाई नजिकबाट नियाल्दै आएका विश्लेषक पुरुषोत्तम दाहाल भने कांग्रेसले यो निर्वाचनमा ल्याएको नतिजा स्वभाविक रहेको बताउँछन् । दाहाल कांग्रेसको नतिजा तेस्रो स्थानमा आउनुमा नेतृत्वको मात्रै दोष नभएर पार्टीका उम्मेदवार,नेता कार्यकर्ता सबैको कमजोरी रहेको बताउँछन् ।
के–के हुन कारण ?
१.कांग्रेसमा मौलाएको अलोकतान्त्रिक संस्कार ।
२.कांग्रेस नेतृत्व परिवारबादबाट बाहिर निस्कन नसक्नु ।
३.नेता कार्यकर्तामा लोकतान्त्रिक संस्कारको विकास हुन नसक्नु ।
४.सांगठनिक प्रशिक्षण अभाव हुँदा कार्यकर्तामा अराजकता मौलाउनु ।
५.बाम गठबन्धनमध्ये पनि एमालेको सांगठनिक क्षमता मजवुत हुनु ।
विश्लेषक दाहाल भन्छन् – ‘कांग्रेसले थोरै सिट ल्याएपनि लोकतान्त्रिक प्रणालीलाई जोगाएको छ , यसमा सवैले कांग्रेसलाई धन्यवाद दिनुपर्छ । ’ दाहालको बुझाईमा कांग्रेस हार्नुमा मुल कारण एमाले माओवादीबीचको गठबन्धन प्रमुख कारण रहेपनि अन्य पाँच कारण सहायक रहेका छन् ।
केही असन्तुष्ट नेता कार्यकर्ताले कांग्रेस हार्नुमा प्रमख दोष नेतृत्व भएको र विकल्प खोज्नुपर्ने धारणा आएपनि दुई दिनअघि मात्रै निर्वाचन परिणाम आइरहेका बेलाकांग्रेस महामन्त्री शेखर कोइरालाले भने निर्वाचन परिणामकै कारण नेतृत्वको विकल्प खोज्न जरुरी नभएको बताएका थिए ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग