भोली चुनावको बेला एरपोर्ट जानका लागि बसको व्यवस्था

काठमाडौ , २० मंसिर : भोली प्रतिनिधि र प्रदेशसभा चुनाव अन्र्तगत मतदान हुने दिन ४५ जिल्लामा सार्वजनिक र निजी सवारी साधन चल्ने छैनन् ।

तर एयरपोर्ट आउजाउ गर्न आन्तरिक एवं बाह्य हवाई यात्रुका लागि नेपाल पर्यटन बोर्डले यातायातको ब्यवस्थापन तथा सञ्चालन गर्ने भएको छ । सञ्चालन हुने बसहरुले एयरपोर्टदेखि उपत्यकाको विभिन्न होटलसम्म र होटलदेखि एयरपोर्टसम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सेवा उपलब्ध गराउनेछ ।

यात्रुहरुले सम्पर्कको लागि पर्यटक प्रहरीको टोल फ्री नम्बर ११४४ वा ०१–४२४७०४१ मा फोन गरेर रुट सम्बन्धि वा अन्य जानकारी लिन सकिनेछ । यातायात सेवा प्रयोगबापत यात्रुहरुले तीन सय रुपैयाँ तिर्नुपर्नेछ ।

बस सञ्चालन हुने यस प्रकारको छन्ः

रुट १ः एयरपोर्ट, एनएसी, न्यूरोड, होटल अन्नपूर्ण, होटल याक एण्ड यति, ठमेल चोक, लैनचोर चोक, होटल शंकर, एम्बेसडर होटल हुँदै एयरपोर्टसम्म

रुट २ः एयरपोर्ट, होटल र्याडिसन, होटल सांग्रिला, नारायण गोपाल चोक, महाराजगञ्ज चोक, हायात रेजेन्सी, चावहिल चोक, होटल द्वारिक हुँदै एयरपोर्टसम्म

रुट ३ः एयरपोर्ट, तीनकुने चोक, होटल एभरेष्ट, माइतीघर चोक, होटल हिमालय, होटल सोल्टी, होटल ग्राण्ड हुँदै एयरपोर्टसम्म

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक