भक्तपुर २: ढुंगाना र बस्नेतको टर्निङ पोइन्ट, अनुराधाको छुट्टै दाबी

मंसिर १६, २०७४
 

 

भक्तपुर – निर्वाचन नजिकिएसँगै विभिन्न दलका उम्मेदवार सार्वजनिक कार्यक्रमभन्दा भित्री बैठक र भेटवार्तामा व्यस्त हुन थालेका छन्। भक्तपुरका दुई निर्वाचन क्षेत्रमध्ये २ नम्बर क्षेत्रका उम्मेदवारको पछिल्लो दैनिकी पनि यस्तै व्यस्ततामा बित्न थालेको छ।

बीचमा धेरै वर्ष निष्क्रिय रहेका पूर्वसभामुख दमननाथ ढुंगानाले कांग्रेसको टिकट पाएसँगै यस क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ। क्षेत्र नं १ नेपाल मजदुर किसान पार्टीका प्रभाव बढी भए पनि क्षेत्र नं २ मा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यहाँ लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा छ। त्यसैले पनि यस क्षेत्रमा सबैको ध्यान तानिएको छ। नेमकिपा यहाँ रक्षात्मक स्थितिमा छ भने बाँकी दल निर्णायक अवस्थामा छैनन्। 

‘टर्निङ पोइन्ट’
यहाँ लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसका उम्मेदवार पूर्वसभामुख ढुंगाना र वाम गठबन्धनका लागि एमालेका उम्मेदवार महेश बस्नेतबीच कडा टक्करको अवस्था छ। पूर्वसभामुख ढुंगाना यहाँबाट जितेर आफ्नो राजनीतिको दोस्रो इनिङ सुखद बनाउन लागिपरेका छन्।

वाम गठबन्धनका उम्मेदवार पूर्वउद्योगमन्त्री बस्नेत आफू दोस्रोपटक हार्न तयार देखिँदैनन् । यस क्षेत्रको नतिजाले ढुंगाना र बस्नेत दुवैको राजनीतिक भविष्य निर्धारण गर्ने निश्चितप्रायः छ। त्यसैले यो निर्वाचनलाई दुवै उम्मेदवारको राजनीतिको टर्निङ प्वाइन्ट मानिएको छ।

‘भक्तपुरको पहिचान र क्षमता देशभर मात्रै होइन, विश्वमै उजागर गर्न स्थानीय होइन, केन्द्रीय नेताको आवश्यकता छ’, उनले भने, ‘मेरो उम्मेदवारी त्यही आवश्यकताको पूर्ति हो।’ – दमननाथ ढुंगाना

‘भक्तपुरको आधा क्षेत्र स्याटेलाइट सिटी बन्दै गर्दा आधा क्षेत्र प्रदेश राजधानी बन्नेछ। जसले गर्दा भक्तपुर व्यवस्थित सहरमा विकास गर्ने हाम्रो मुख्य एजेन्डा हो।’ – महेश बस्नेत

लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारले मतदाता आफ्नो पक्षमा रहेको दाबी गरिरहँदा नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले भने जनता ठूला दलको विपक्षमा रहेको दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि