भक्तपुर २: ढुंगाना र बस्नेतको टर्निङ पोइन्ट, अनुराधाको छुट्टै दाबी

मंसिर १६, २०७४
 

 

भक्तपुर – निर्वाचन नजिकिएसँगै विभिन्न दलका उम्मेदवार सार्वजनिक कार्यक्रमभन्दा भित्री बैठक र भेटवार्तामा व्यस्त हुन थालेका छन्। भक्तपुरका दुई निर्वाचन क्षेत्रमध्ये २ नम्बर क्षेत्रका उम्मेदवारको पछिल्लो दैनिकी पनि यस्तै व्यस्ततामा बित्न थालेको छ।

बीचमा धेरै वर्ष निष्क्रिय रहेका पूर्वसभामुख दमननाथ ढुंगानाले कांग्रेसको टिकट पाएसँगै यस क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ। क्षेत्र नं १ नेपाल मजदुर किसान पार्टीका प्रभाव बढी भए पनि क्षेत्र नं २ मा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यहाँ लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा छ। त्यसैले पनि यस क्षेत्रमा सबैको ध्यान तानिएको छ। नेमकिपा यहाँ रक्षात्मक स्थितिमा छ भने बाँकी दल निर्णायक अवस्थामा छैनन्। 

‘टर्निङ पोइन्ट’
यहाँ लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसका उम्मेदवार पूर्वसभामुख ढुंगाना र वाम गठबन्धनका लागि एमालेका उम्मेदवार महेश बस्नेतबीच कडा टक्करको अवस्था छ। पूर्वसभामुख ढुंगाना यहाँबाट जितेर आफ्नो राजनीतिको दोस्रो इनिङ सुखद बनाउन लागिपरेका छन्।

वाम गठबन्धनका उम्मेदवार पूर्वउद्योगमन्त्री बस्नेत आफू दोस्रोपटक हार्न तयार देखिँदैनन् । यस क्षेत्रको नतिजाले ढुंगाना र बस्नेत दुवैको राजनीतिक भविष्य निर्धारण गर्ने निश्चितप्रायः छ। त्यसैले यो निर्वाचनलाई दुवै उम्मेदवारको राजनीतिको टर्निङ प्वाइन्ट मानिएको छ।

‘भक्तपुरको पहिचान र क्षमता देशभर मात्रै होइन, विश्वमै उजागर गर्न स्थानीय होइन, केन्द्रीय नेताको आवश्यकता छ’, उनले भने, ‘मेरो उम्मेदवारी त्यही आवश्यकताको पूर्ति हो।’ – दमननाथ ढुंगाना

‘भक्तपुरको आधा क्षेत्र स्याटेलाइट सिटी बन्दै गर्दा आधा क्षेत्र प्रदेश राजधानी बन्नेछ। जसले गर्दा भक्तपुर व्यवस्थित सहरमा विकास गर्ने हाम्रो मुख्य एजेन्डा हो।’ – महेश बस्नेत

लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारले मतदाता आफ्नो पक्षमा रहेको दाबी गरिरहँदा नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले भने जनता ठूला दलको विपक्षमा रहेको दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद