वाम गठबन्धनकामाथि कांग्रेसको आरोप

नेपाली कांग्रेसले अाफ्ना नेता एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले वाम गठबन्धनका कार्यकर्ताहरुआक्रमणमा उत्रिएको आरोप लगाएको छ । 

nepali_congress_kUy4tlhjW7

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै नवलपुरको प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं. १ का उम्मेदवार विष्णु लामिछाने सवार गाडीलाई लक्षित गरी आज विहान हुप्सेकोट गा.पा.को वडा नं. ५ गोजापोखरी नजिक जिरो भञ्ज्याङमा कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले बम प्रहार गरेको आरोप लगाएका छन् । 

यस्तै ओखलढुंगा चिसंखुगढी गा.पा. वडा नं. ३ का चुनाव प्रसार प्रसार समितिका संयोजक राजकुमार ढुंगाना लगायत ५ जना नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि आक्रमण  गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन भएको भन्दै विज्ञप्तिमा  लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको आरोप लगाइएको छ । 

यस्ताे छ विज्ञप्ति

१.  नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार विष्णु लामिछाने चढ्नु भएको सवारी साधनलाई लक्षित गरी आज विहान हुप्सेकोट गा.पा.को वडा नं. ५ गोजापोखरी नजिक जिरो भञ्ज्याङमा कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले बम प्रहार गरेका छन् । बम प्रहारबाट उम्मेदवार सहित चुनाव प्रचारमा हिडेका पार्टीका कार्यकर्ताहरु बाँच्न सफल भएका छन् । 

२. ओखलढुंगा चिसंखुगढी गा.पा. वडा नं. ३ का चुनाव प्रसार प्रसार समितिका संयोजक राजकुमार ढुंगाना लगायत ५ जना नेपाली कांग्रेसका कार्यकर्ताहरु चुनावी कार्यक्रम सकी घर फर्कने क्रममा गए राति ८ बजे सोही गा.पा.को वडा नं. २ स्थित नेवार गाउँमा नकाव लगाएका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरी उहाँहरु चढ्नु भएको गाडीलाई नियन्त्रणमा लिएका थिए । उहाँहरुलाई घाइते बनाएपछि स्थानीयको प्रतिरोधका कारण गाडीको चावी लिई आक्रमणकारीहरु भागेका थिए । 

नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोह¥याई रहनु अत्यन्त दुःखद विषय हो । नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन् । 

नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको कम्युनिष्ट गठबन्धनको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना