राजधानीका अति व्यस्त ठाउँमा सार्वजनिक शौचालयको कमी

18082016104356Toile-1000x0काठमाडौँ, ५ मंसिर ।  राजधानी काठमाडौँको अति व्यस्त ठाउँ रत्नपार्क, जमल, पुरानो बसपार्क, न्युरोड, सुन्धारा, असन, इन्द्रचोक लगायतमा प्रत्येक घण्टा दुई लाख मानिस विभिन्न काम विशेषले ओहोरदोहोर गर्छन् ।  तर यस्तो व्यस्त ठाउँमा पाँचवटा मात्रै सार्वजनिक शौचालय छन् ।
त्यो जनसङ्ख्या हेर्दा  लाखौँले एउटा सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको तथ्य सार्वजनिक भएको छ ।  पाँचौँ विश्व शौचालय दिवसको अवसरमा सोमबार राजधानी आयोजित ‘सार्वजनिक शौचालयको अवस्था’ विषयक छलफलमा यस्तो जानकारी गराइएको हो ।
खानेपानी तथा ढल निकास विभागका अनुसार देशभरका साना र ठूला गरी दुई सयको हारहारीमा सार्वजनिक शौचालय छन् ।  तीमध्ये सबैभन्दा बढी व्यस्त महानगर तथा देशको राजधानी काठमाडौँ उपत्यकामा ८६ वटा रहेका छन् ।  तीमध्ये पनि झण्डै ५० प्रतिशत मात्रै सञ्चालनमा रहेका छन् ।  कतिपय शौचालय सडक विस्तारका नाममा भत्काइएका छन् भने केही मर्मतको अभावले सञ्चालन नभएको खानेपानी र सरसफाइको क्षेत्रमा क्रियाशील संस्था गुथीले जनाएको छ ।  कार्यक्रममा त्यस विभाग अन्तर्गतको वातावरण तथा सरसफाई शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले अहिलेसम्म सञ्चालनमा रहेका अधिकांश सार्वजनिक शौचालयलाई सेवाभन्दा पनि व्यापारिक दृष्टिकोणले बढी प्रयोगमा ल्याउन खोजिएको बताउनुभयो ।
सहस्राब्दी विकास लक्ष्य सन् २०१७ सम्म एक घर एक शौचालय हुने भनिए पनि त्यो लक्ष्य पूर्ण हुन सकेन ।  प्रमुख श्रेष्ठले सहस्राब्दी विकासको लक्ष्य पूर्ण हुन नसके पनि लक्ष्यको नजिक ९३ प्रतिशत घरधुरीमा शौचालयको व्यवस्था भने भइसकेको जानकारी गराउनुभयो ।
सरसफाई अभियन्ता प्रकाश अमात्यले नेपालमा खुला दिसामुक्त क्षेत्र घोषणा अभियानकै रूपमा चले पनि अहिले पनि सात प्रतिशत घरधुरीका बासिन्दाले निजी शौचालय बनाउन नसकेको बताउनुभयो ।
राजधानी रहेको काठमाडौँ महानगरपालिकालाई समेत अझै खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिएको छैन ।  खानेपानी तथा ढल निकास विभागका अनुसार काठमाडौँ उपत्यकामा रहेका घरमध्ये एक हजार १२५ घरधुरीमा अहिलेसम्म शौचालय छैनन् ।
पूर्वविज्ञान तथा वातावरणमन्त्री गणेश साहले सार्वजनिक शौचालय बनाउनुभन्दा पनि त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।  उहाँले सार्वजनिक शौचालय निर्माण गर्न लाग्ने लागतमध्ये न्यूनतम एक प्रतिशत त्यसको सरसफाइमा छुट्याउनुपर्ने र अब बनाउँदा त्यो अनुसार योजना गराउन सरोकारवालालाई आग्रह गर्नुभयो ।  काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र तीन सयवटा सार्वजनिक शौचालय निर्माण गरिने र ४० वटाको निर्माणका लागि प्रक्रिया सुरू गरिसकिएको जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को संयुक्त प्रतिवेदन २०१४ का अनुसार विश्वमा अहिले पनि ४० करोड मानिस शौचालय प्रयोग गर्दैनन् ।  जसमा सबैभन्दा बढी अफ्रिकी मुलुक र नेपालजस्ता विकासोन्मुख मुलुक रहेका छन् ।  त्यसमा पनि शौचालय नहुँदा सबैभन्दा बढी रोगको सङ्क्रमणबाट बालबालिका प्रभावित भएका छन् ।   ‘फोहोर पानीको व्यवस्थापन’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि विश्व शौचालय दिवस मनाइयो ।  हरेक वर्ष नोभेम्बर १९ मा मनाइने यो दिवसमा शौचालय र सरसफाइसँग केन्द्रित भएर विभिन्न चेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि