काठमाडौ, २ मंसिर । बलिउड टइगर अभिनेता सलमान खान काठमाडौं आउने भएका छन् । एउटा कन्सर्टका लागि सलमान काठमाडौं आउन लागेका हुन् । आफ्ना फ्यानलाई उनले टुँडिखेलमा समय दिनेछन् ।
क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।
फागुन २६ गते टुँडिखेलमा हुने ‘दबंग द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागि हुने ओडीसीका प्रवन्ध निर्देशक तथा पर्यटन व्यवसायि सिमान्त गुरूङले जानकारी दिए ।
सलमानसहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि विहीबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिएको छ । भारतीय रकम भुक्तानीका लागि राष्ट्रबैंकसँग अनुमति मागिएको जनाउँदै पर्यटन सचिव महेश्वर न्यौपानेले सलमान आउने सरकारी पुष्टि गरे ।
सीमान्तका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउनेछन् । सलमानका भाई सोहिल खानले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे काठमाडौंमा बुझेर फर्कनेछन् । कन्सर्टमा २५ हजार उपस्थित हुने लक्ष्य राखिएको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र
काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)