
एउटा काम गर्दै जाँदा गल्तीका कारण अर्कै नतिजा निस्कियो भने हामीलाई झोँक चल्ने गर्छ । तर, कतिपय गल्ती यस्ता पनि छन्, जसले मानव जीवनलाई सहज बनाउने काम गरेका छन् ।
सन्की भौतिकशास्त्रीका रूपमा चिनिएका विलहेल्म रोन्टजेनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका हुन् । उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका थिए । कामकै सिलसिलामा ट्युबबाट आएको ज्योति अपारदर्शी कपडामा ठोक्किएको उनले देखे । त्यतिबेला उनको आश्चर्यको सीमा रहेन जतिबेला उनले ट्युबबाट निस्किएको ज्योतिको सहायताले अपारदर्शी कपडापछाडि राखिएका कागज बाहिरबाटै देखे ।
त्यसपछि उनले यसको प्रयोग श्रीमतिको हातमा गरे । सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकाल्न सफल पनि भए । उनको यो अविष्कारले रेडियोलोजिको शुरूवात गरेको हो। यही कारण अहिले नोभेम्बर ८ का दिन विश्व रेडियोलोजी दिवस मनाउन थालिएको छ । त्यहि आविष्कारका लागि सन् १९०१ मा नोबल पुरस्कार द्वारा उनलाइ सम्मानित गरिएको थियो।
यसरी एक्स–रेको आविष्कार भयो र शरीरभित्रका अंगको अध्ययनमा यसले ठूलो क्रान्ति ल्याइदियो ।
डा सुजित कुमार झाका अनुसार रेडियोलोजि भन्नाले सामन्यतया: विभिन्न तरिकाले शरिरको चित्र निकालेर शरीरको रोग पत्ता लगाउने र उपचार गर्ने एउटा चिकित्सकिय संकाय हो। यस अन्तर्गत एक्सरे, फ्लुरोस्कोपि, एन्जियोग्राफि, म्यामोग्राफि, अल्ट्रासाउन्ड, सिटि स्क्यान, पेट, एमआरआइ हरु पर्दछन्। त्यस्तै गरि यिनिहरुको प्रयोग गरेर शरीरमा अत्यन्त सानो घाउ बनाएर गर्ने अपरेसनहरु इन्टरभेन्सन रेडियोलोजी अन्तर्गत पर्दछन्।
बिरामि जाँच भन्नाले सामान्य रुपमा हाम्रो बुझाइ स्टेथोस्कोप (आला) ले बिरामी जाँच्ने र औषधि सेवन पछि निको हुने भन्ने रहन्छ। विज्ञानको दिनानुदिनको बढ्दो अन्वेषण सँगै चिकित्सा विधि पनि परिमार्जित हुँदै गएको छ। अब बिरामिको रोग पत्ता लगाउन रगत , पिसाब, खकार शरिरका विभिन्न भाग लगायतको जाँचहरु आवश्यकता अनुसार नियमित हुन थालेका छन्। चिकित्सा विज्ञान भित्रका विभिन्न संकायहरुको सहकार्यले गर्दा बिरामिको रोग पत्ता लगाउने र निदान गर्ने काम झन सहज हुँदै आएको छ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र