अख्तियार आयोगले २०० सरकारी अधिकारीमाथि छानविन थाल्यो

२० कात्तिक, काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा २ सय जना उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको छ ।

 

ciaa-commission-of-abuse-of-authority-akhtiyar_J5V0mECCOL

अवकासप्राप्त र वहालवालासहित ठूलो संख्याका उच्च अधिकारीविरुद्ध अख्तियारले अनुसन्धान थालेको हो । सुरक्षा निकाय, सिंचाइँ, खानेपानी, सडक, भौतीक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य मन्त्रालय अन्तर्गतका उच्च अधिकारीको सम्पत्ति छानविन थालेको स्रोतले जानकारी दिएको छ ।

अख्तियारको अकुत सम्पत्ति छानविनमा ४० जना इन्जिनियर, २० जना सुरक्षा निकायका उच्च पदस्थ अधिकारी र पाँच जना सचिवसमेत परेका छन् । त्यस्तै, २० जना डाक्टर, विभिन्न सार्वजनिक संस्थानका प्रमुखसमेत अख्तियारको अकुत सम्पत्ति छानविनमा परेका छन् ।

‘अकुत सम्पत्ति छानविन सूचीमा परेका केहीसँग अहिले पनि बयान चलिरहेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘बाँकीलाई पनि वयानका लागि बोलाउने तयारी छ ।’

अख्तियार अन्तर्गतकै ‘इन्टेलिजेन्स एजेन्सी’ले दिएको रिर्पोटका आधारमा छानविन थालिएको हो ।

अख्तियारले आइतबार मात्र पूर्वप्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सचिव गजेन्द्रकुमार ठाकुर लगायतका चार अधिकारीसँग बयान लिएको थियो ।

अर्थ मन्त्रालय अन्तर्गतको राजश्व न्यायाधिकरण, भन्सार भन्सार कार्यालय, क्षेत्रीय डिभिजन कार्यालय, सडक डिभिजन, स्वास्थ्य, तत्कालिन स्थानीय निकायका अधिकारीहरू पनि छानविनमा परेका अख्तियार स्रोतले बताएको छ ।

यसअघि अख्तियारले अकुत सम्पत्ति आर्जनमा एक हजार पाँच सय सरकारी अधिकारीको नाम छानविनका लागि तयार गरेको थियो । त्यसबाट ‘सर्टलिष्टेड’ गरेर पाँच सय अधिकारीको नाम तयार गरिएको थियो । पाँच सय मध्येबाट पनि दुई सयमाथि छानविन थालिएको हो ।

अख्तियारले ट्रान्सर्फमर खरिद काण्डमा पूर्वमूख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित, र हालका सचिव अर्जुन कार्कीको बयान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक