आलियालाई फ्यानको रुपमा दीपिकाको चिठ्ठी !

बलिउडका नायिकाहरुबीच आपसी सम्वन्ध त्यति राम्रो छैन । कसैको फिल्म खोसेको निहुँमा त कसैको व्वाइफ्रेण्ड खोसेको निहुँमा एक-अर्कालाई फुटेको आँखाले पनि हेर्न सक्दैनन् ।

 

Alia-Bhatt-Deepika-Padukone

तर, दीपिका पादुकोण र आलिया भट्टको कुरा अलग छ । उनीहरु एक-अर्काको प्रशंसा गरेर थाक्दैनन् । दीपिकाको नयाँ फिल्म पद्मावतीको ट्रेलर हालै सार्वजनिक भएको छ । आलियाले उक्त ट्रेलरलाई लिएर दीपिकाको जमेर प्रशंसा गरिन् ।

एउटा पोडकास्टमा आलियाले दीपिकाको बारेमा भनिन्, ‘पद्मावतीको रुपमा दीपिका साह्रै राम्री देखिएकी छिन् । मलाई थाहा छ कि म कहिल्यै उनीजस्तो देखिन सक्दिन । न उनीजस्तो गर्न नै सक्छु । दीपिका विलकुल रानीजस्ती देखिएकी छिन् । मलाई विश्वास छ उनले फिल्ममा काम पनि शानदार गरेकी छिन् ।’

यसमा दीपिकाले टि्वट गर्दै आलियालाई जवाफ दिएकी थिइन् । उनले लेखिन्, ‘माइ आलू… यू मेक नो सेन्स… लभ यू ।’

तर, त्योभन्दा दुई कदम अघि बढेर दीपिकाले आलियालाई एउटा चिठ्ठी नै पठाइन् । त्यो पनि एउटी फ्यानको रुपमा । लक्स गोल्डन रोज अवार्ड्स २०१७ को प्रोमोमा आलियालाई दीपिकाले यो चिठ्ठी दिएको देख्न सकिन्छ । इन्स्टाग्राममा पनि यसको एउटा भिडियो सेयर भएको छ ।

चिठ्ठीमा दीपिकाले लेखेकी छिन्ः

डियर आलिया ,

‘हाइवे’ मा तिमी बिना मेकअप पनि असाध्यै सुन्दरी देखिएकी थियौ । तर सडकमा बिताएका ती ५२ कठिन दिन कसैले थाहा पाएनन् । आलिया, तिमी छौं सबैभन्दा सानी, तर मेहनत गर्नमा सबैभन्दा ठूली ।

तिम्री सबैभन्दा ठूली फ्यान : दीपिका

दीपिका र आलियाको यो मित्रता देखेपछि भन्न करै लाग्छ कि बलिउडमा नायिकाहरुबीच मित्रता र प्रेमको युग सुरु भएछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं