यी हुन् शाहरूखका १२ सुपरहिट फिल्म

एजेन्सी, १६ कात्तिक : आजबाट ५२ वर्षका भएका छन् बलिउड अभिनेता शाहरूख खान । रोम्यान्टिक देखि लिएर एक्सन र थ्रिलर फिल्ममा समेत काम गरिसकेका अभिनेता शाहरुख खानलाई बलिउडका बाद्शाह पनि भनिन्छ ।

shah-rukh-khan

उनले अभिनेताका रुपमा आफ्नो करिअरको सुरुवात टिभी कार्यक्रम ‘फौजी’ बाट गरेका थिए । बलिउडमा उनले ‘दिवाना’ फिल्मबाट प्रवेश गरेका थिए । अहिलेसम्म उनले ८० भन्दा धेरै फिल्महरु खेलिसकेका छन् र १४ वटा फिल्मफेयर अवार्ड पनि जितिसकेका छन् । आज उनको जन्मदिनको अवसरमा उनले खेलेका हिट फिल्महरुबारे हामी जानकारी दिदैछौँ ।

१. चेन्नाई एक्सप्रेस
२०१३ मा रिलिज भएको फिल्म ‘चेन्नाई एक्सप्रेस’ अभिनेता शाहरुखको सबैभन्दा धेरै कमाई गर्न सफल फिल्म हो । ११५ करोडको लगानीमा बनेको यस फिल्मले २७८ करोड कमाई गरेको थियो । निर्देशक रोहित शेट्टीको यो फिल्ममा शाहरुखका साथ अभिनेत्री दिपिकाले पनि मुख्य भूमिका निभाएकी थिइन् ।

२. ह्याप्पी न्यू ईयर
२०१४ को फिल्म ‘ह्यापी न्यू इयर’ पनि शाहरुखको सफल फिल्ममा पर्छ । यस फिल्मा पनि शाहरुख र दिपिका मुख्य भूमिकामा देखा परेका थिए । फराह खानको निदेर्शणमा बनेको यस फिल्मले २४० करोड कमाउन सफल भएको थियो ।

३. रब ने बना दी जोडी
अनुस्का शर्माको पहिलो फिल्म ‘रब ने बनादी जोडी’ मा शाहरुखको भुमिकाले निकै चर्चा कमाएको थियो । ३९ करोडको बजेटमा बनाइएको यो फिल्मले ११६ करोडको कमाई गरेर बक्स अफिसमा सफलता हासिल गरेको थियो । २००८ मा यो सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म बनेको थियो ।

४. ओम शान्ति ओम
फराह खानको निर्देशणमा बनेको फिल्म ‘ओम शान्ति ओम’ २००७ को सबैभन्दा हिट फिल्म बनेको थियो । मुख्य भूमिकामा देखिएकी अभिनेत्री दिपिकाको यो पहिलो बलिउड फिल्म हो । जम्मा ४० करोडको बजेटमा बनेको यस फिल्मले १०९ करोडको कमाई गर्न सफल रहेको थियो ।

५. कल हो ना हो
करन जोहरको फिल्म ‘कल हो ना हो’ पनि शाहरुखको सफल चलचित्र हो । २००३ को अन्त्यतिर रिलिज भएको यस फिल्ममा शाहरुखका साथ अभिनेत्री प्रिती जिन्टा र सैफअलि खान पनि मुख्य भूमिकामा देखा पर्छन् । दर्शकको मन जित्न सफल यस फिल्मको बजेट जम्मा २८ करोड भएपनि यसले बक्स अफिसमा ८६ करोड कमाउन सफल भएको थियो ।

६.कभी खुसी कभी गम
करन जोहरको फिल्म ‘कभी खुसी कभी गम’ पनि शाहरुखको हिट फिल्मको सूचीमा पर्छ । अमिताभ बच्चन, जया बच्चन, काजोल, करीना लगायत ऋतिक रोसनले पनि शाहरुखका साथ यस फिल्ममा अभिनय गरेका छन् । २००१ मा बनेको यस फिल्मले त्यस बेला ९२ करोडको कमाई गरेको थियो ।

७. दिलवाले दुल्हनियाँ लेजाएंगे
१९९५ को सबैभन्दा हिट फिल्म ‘दिलवाले दुल्हनिया लेजाएंगे’ शाहरुखको करिअरको सबैभन्दा सफल फिल्म हो । अहिले सम्म पनि भारतमा यस फिल्मको चर्चा कम भएको छैन । काजोल र शाहरुख मुख्य भूमिकामा रहेको यस फिल्मको लगानी ४ करोड थियो भने यसले त्यति बेलाको समयमा पनि ८६ करोड कमाई गरेर बलिउडको सबैभन्दा हिट फिल्म बन्न सफल भएको थियो ।

८. कुछ कुछ होता है
१९९८ को यस फिल्मलाई पनि दर्शकहरुले अझै बिर्सेका छैनन् । शाहरुख र काजोल मुख्य भुमिकामा रहेको करन जोहरको यस फिल्मलाई १० करोडको बजेटमा निर्माण गरिएको थियो । पछि यसले बक्स अफिसमा ८० करोड कमाई गरेर सफलता हात पारेको थियो ।

९. मोहोबत्तेँ
निर्देशक आदित्य चोपडाको यस फिल्ममा शाहरुख र ऐसोर्याको जोडीलाई खुब रुचाइएको थियो । १९ करोडको लगानीमा बनाइएको सन् २००० को यस फिल्मले ७० करोड कमाई गर्न सफल भएको थियो ।

१०. वीर जारा
प्रिती जिन्टा र शाहरुख खानको हिट फिल्म वीर जाराले ६० करोड कमाई गरेको थियो । २००४ मा २३ करोडको लगानीमा बनाइएको यस फिल्मबाट शाहरुखले धेरै प्रशंसा पाएका थिए ।

११. दिल तो पागल है
यश चोपडाको यस फिल्ममा माधुरी दिक्षित र शाहरुखको जोडीले धेरै चर्चा पाएको थियो । १९९७ मा बनाइएको यस फिल्मलाई ९ करोडको बजेटमा निर्माण गरिएको थियो । पछि यस फिल्मले ५९ करोड कमाएर बक्स अफिसम सफलता हासिल गरेको थियो ।

१२‍‌. करन अर्जुन
शाहरुख र सलमानको जोडीलाई यस फिल्ममा धेरै मन पराइएको थियो । १९९५ मा निर्माण गरिएको यस फिल्को बजेट ४ करोड मात्र रहेको थियो तर यसले त्यतिबेला ४२ करोड कमाई गरेर हिट फिल्म बन्न सफल भएको थियो ।

१३‍. डर
यश चोपडाको फिल्म ‘डर’मा शाहरुखलाई सनी देओल र जूही चावलाले साथ दिएका छन् । खलनायकको भूमिका निभाएका शाहरुखले यस फिल्मबाट धेरै प्रशंसा पाएका थिए । १९९३ को यस फिल्मलाई ३ करोडमा बनाइएको थियो भने यसले १९ करोड कमाई गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं