१५ कात्तिक, काठमाडौं : प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता हुने अघिल्लो दिन माओवादी केन्द्र सुनसरीले माओवादी केन्द्र र एमाले विचको सहमति अनुसार सुनसरीमा सिट बाँडफाँड नभएको भन्दै माओवादी केन्द्रले स्वतन्त्र उमेद्वारी दिने चेतावनी दिएको छ ।
माओवादी केन्द्र निर्वाचन परिचालन समितिले इटहरीमा पत्रकार सम्मेलन गरी ४ प्रतिनिधी सभा र ८ प्रदेशसभा रहको सुनसरीमा आफुहरुलाई प्रतिनिधी सभामा एक र प्रदेससभामा एक मात्र सिट वाँडवाड गर्ने निर्णय मान्य नभएको जनाएको हो ।
आफुहरुले सुनसरीमा प्रतिनिधि तथा प्रदेससभा गरी कुल ५ सिट मागेकोमा २ मात्र दिने निर्णय दुवै पाटीले नसच्चाए प्रतिनिधी सभाका चार वटै तथा प्रदेश सभाका ८ वटै स्थानमा स्वन्त्र उमेद्वार उठाउने माओवादी केन्द्रका स्थायी समिति सदस्य मुक्साहागं म्याम्वो मुकेसले पत्रकारहरुलाई जानकारी दिए ।
पत्रकारहरुको जिज्ञासामा माओवादी केन्द्रका नेताहरुले निर्वाचन तालमेल देखि पाटी एकिकरण सम्मका लागि भएको ४० , ६०को वाँडफाड हुने ६ वुदे सम्झौता पालना नभएको भन्दै दुवै पाटीलाई ध्यानाकर्षण गराउने काम गरेको तर आफुहरुको ध्यानाकर्षणको सुनुवाई नभए स्वतन्त्र उमेद्वारी नदिने गरी उमेद्वारहरु तयार पारिसकेको जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका पाचँ स्थायी समिति सदस्यहरु मुकेस, शारदा पोखरेल, हिमाल सुवेदी ,रामकुमारी चौधरी ,पप्पु मण्डलका साथै आधा दर्जन केन्द्रीय सदस्यहरु समेतको उपस्थीती रहेको थियो ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने