३अर्ब ९६ करोड पर्ने यो महँगो कचौरा

बीबीसी

तपाईं सोध्न सक्नुहुन्छ, यो कचौरामा अखिर त्यस्ता के विशेषता छन् जसले यसलाई अर्बौंको मूल्यवान् बनायो । चीनियाँ माटोबाट बनेको यो कचौरा हजार वर्ष पुरानो हो ।

चीनको सांग राजवंशको पालाको यो कचौरा हंगकंगमा मंगलबार रेकर्ड तोड्ने मूल्यमा लिलाम भयो ।_98165266_bowl1_NpdUybmd1w

खरिद गर्ने व्यक्तिले यसलाई ३८ मिलियन डलर (३ अर्ब ९६ करोड रुपैयाँ) को बोली लगाए ।

खरिद गर्ने व्यक्तिले आफ्नो पहिचान नखुलाउने विकल्प चुनेका छन् ।

अक्शन हाउस सोथबेका अनुसार उक्त दुर्लभ चीनियाँ कचौरा २० मिनेटको बोलीमा नै बिक्री भएको हो । केहीले फोनमार्फत बोली लगाए भने धेरैजसो बोली लगाउने अक्शन हाउसमा नै उपस्थित थिए ।

अक्शन हाउसः

उक्त सानो कचौराको आकार १३ सेन्टिमिटर छ जुन निलो–हरियो रंगको छ । कचौराको महत्वको अन्दाज यसबाट लगाउन सकिन्छ कि यसको सुरुवात १०.२ मिलियन डलरबाट बोली सुरु भयो ।

लिलामी जित्ने व्यक्ति अक्शन रुममा उपस्थित थिएनन् । उनले फोनमार्फत बोली लगाएका हुन् ।

अक्शन हाउस सोथबेमा चीनियाँ कलाकृतिहरुका प्रमुख निकालस काउले उक्त कचौरालाई असाधारण र दुर्लभ बताएका छन् ।

यसअघि सन् २०१४ मा चीनकै मिंग राजवंशको पालाको एक रक्सीको प्याला ३६ मिलियन डलरमा बिक्रि भएको थियो । यसलाई व्यवसायी ली यिकियानले खरिद गरेका थिए ।

चीनको सबैभन्दा धनी व्यक्तिको सूचीमा रहेका ली यिकियान कुनै बेला ट्याक्सी चलाउने गर्दथे भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं