October 29, 2017

कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी

१२ कात्तिक, काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुमा आजको दिनमा कर्जा लगानी गर्न करिब ६० अर्ब रुपैयाँ रहेको छ ।  ‘आइतवारको पोजिशन भनेको लगभग ६० अर्ब रुपैयाँ लगानी योग्य पूँजी छ, सबै वाणिज्य बैंकको हिसाब गर्ने हो भने पनि एक महिनालाई प्रत्येक बैंकसँग लगभग २ अर्ब लगानी गर्न सक्ने पूँजी रहेको छ,’ सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन दाहालले भने ।

thबैंकिङ प्रणालीमा पुन पूँजी अभाव सुरु हुन थालेको खबरहरु अएपनि बैंकरहरुले भने अवस्था सहज नै रहेको बताएका हुन् । राष्ट्र बैंकका अनुसार पनि बैंकमा तरलताको समस्या देखिएको छैन् ।

 

‘हाम्रो तथ्यांकले शुक्रवारसम्म बैंक तथा वित्तीय संस्थामा लगभग ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिएको छ, सबै बैंकहरुको पहिलो त्रैमासको तथ्यांक आउदै छ, त्यसपछि समस्या रहेन/रहेको हेर्न सकिने अवस्था छ,’ नेपाल राष्ट्र बैंकका प्रवत्ता नारायण पौडेलले भने ।

महिनामा ४४ अर्ब कर्जा लगानी वृद्धि

गत एक महिनाको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुले लगभग ४४ अर्ब रुपैयाँ बढि कर्जा लगानी गरेका छन् । भदौ ३० गते १७ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक ६ गतेसम्म १८ खर्ब ७ करोड लगानी गरेका हुन् ।

भदौंमा २१ खर्ब २७ अर्ब लगानी गरेका बैंकहरुले एक अवधिमा २२ अर्ब रुपैयाँले बढि निक्षेप संकलन गरेका छन् । निक्षेपको तुलनामा कर्जा लगानी ८४ प्रतिशत बराबर रहेको छ । तर, प्राथमिक पूँजीको आधारमा हेर्ने हो भने बैंकहरुको यो अनुपात औसतमा ७८ प्रतिशत हाराहारी नै रहेको सानिमा बैंकका दाहालले स्पष्ट पारे ।

फागुनसम्म कर्जाको व्याजदर घट्न गाह्रो

गत बैशाख ताका कर्जामा १४ देखि १५ प्रतिशत व्याजदर लिइरहेका बैंकहरुले अहिले व्याजदर औसतमा १२/१३ प्रतिशतमा आएको छ । यद्यपी बैंकहरुको व्याजदर त्यसभन्दा धेरै नघट्ने देखिएको छ । कर्जा लगानीको क्रममा व्याजदर निर्धारणको लागि बैंकहरुले लिने आधार दर (बेस रेट) औसतमा १० प्रतिशत रहेको छ । कर्जाको व्याजदर तय गर्दा यो दरभन्दा अधिकत्तम २ प्रतिशत बढि लिन सकिने व्यवस्था छ ।

‘बैंकहरुले कम्तिमा एक वर्षको लागि उच्च व्याजदरमा मुद्दती निक्षेप लिएका छन्, त्यसको भार घट्ने भनेको फागुनसम्ममा हो, त्यसपछि मात्रै व्याजदर केही घट्न सक्छ,’ दाहालले बताए । बैंकहरुमा अधिक तरलता देखिएमा वा बचतको व्याजदर यसबीच घटेमा भने कर्जाको व्याजदर पनि ओरालो लाग्ने दाहाल बताउछन् ।

बैंकहरुले पहिले लिएको मुद्दतिमा १२ प्रतिशतसम्म र हाल बचतमा औसत ६ प्रतिशतसम्म व्याज दर दिइरहेका छन् । बैंकहरुले हाल जारी गरेको बुद्धती निक्षेपको व्याजदर भने घटाएका छन् । यो दर औसतमा ९ प्रतिशत हाराहारीमा छ । बैंकहरुमा यसअघि २ सय खर्बसम्म अधिक तरलता देखिएको भएपनि पछिल्लोसमय यो रकम घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि