October 29, 2017

कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी

१२ कात्तिक, काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुमा आजको दिनमा कर्जा लगानी गर्न करिब ६० अर्ब रुपैयाँ रहेको छ ।  ‘आइतवारको पोजिशन भनेको लगभग ६० अर्ब रुपैयाँ लगानी योग्य पूँजी छ, सबै वाणिज्य बैंकको हिसाब गर्ने हो भने पनि एक महिनालाई प्रत्येक बैंकसँग लगभग २ अर्ब लगानी गर्न सक्ने पूँजी रहेको छ,’ सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन दाहालले भने ।

thबैंकिङ प्रणालीमा पुन पूँजी अभाव सुरु हुन थालेको खबरहरु अएपनि बैंकरहरुले भने अवस्था सहज नै रहेको बताएका हुन् । राष्ट्र बैंकका अनुसार पनि बैंकमा तरलताको समस्या देखिएको छैन् ।

 

‘हाम्रो तथ्यांकले शुक्रवारसम्म बैंक तथा वित्तीय संस्थामा लगभग ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिएको छ, सबै बैंकहरुको पहिलो त्रैमासको तथ्यांक आउदै छ, त्यसपछि समस्या रहेन/रहेको हेर्न सकिने अवस्था छ,’ नेपाल राष्ट्र बैंकका प्रवत्ता नारायण पौडेलले भने ।

महिनामा ४४ अर्ब कर्जा लगानी वृद्धि

गत एक महिनाको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुले लगभग ४४ अर्ब रुपैयाँ बढि कर्जा लगानी गरेका छन् । भदौ ३० गते १७ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक ६ गतेसम्म १८ खर्ब ७ करोड लगानी गरेका हुन् ।

भदौंमा २१ खर्ब २७ अर्ब लगानी गरेका बैंकहरुले एक अवधिमा २२ अर्ब रुपैयाँले बढि निक्षेप संकलन गरेका छन् । निक्षेपको तुलनामा कर्जा लगानी ८४ प्रतिशत बराबर रहेको छ । तर, प्राथमिक पूँजीको आधारमा हेर्ने हो भने बैंकहरुको यो अनुपात औसतमा ७८ प्रतिशत हाराहारी नै रहेको सानिमा बैंकका दाहालले स्पष्ट पारे ।

फागुनसम्म कर्जाको व्याजदर घट्न गाह्रो

गत बैशाख ताका कर्जामा १४ देखि १५ प्रतिशत व्याजदर लिइरहेका बैंकहरुले अहिले व्याजदर औसतमा १२/१३ प्रतिशतमा आएको छ । यद्यपी बैंकहरुको व्याजदर त्यसभन्दा धेरै नघट्ने देखिएको छ । कर्जा लगानीको क्रममा व्याजदर निर्धारणको लागि बैंकहरुले लिने आधार दर (बेस रेट) औसतमा १० प्रतिशत रहेको छ । कर्जाको व्याजदर तय गर्दा यो दरभन्दा अधिकत्तम २ प्रतिशत बढि लिन सकिने व्यवस्था छ ।

‘बैंकहरुले कम्तिमा एक वर्षको लागि उच्च व्याजदरमा मुद्दती निक्षेप लिएका छन्, त्यसको भार घट्ने भनेको फागुनसम्ममा हो, त्यसपछि मात्रै व्याजदर केही घट्न सक्छ,’ दाहालले बताए । बैंकहरुमा अधिक तरलता देखिएमा वा बचतको व्याजदर यसबीच घटेमा भने कर्जाको व्याजदर पनि ओरालो लाग्ने दाहाल बताउछन् ।

बैंकहरुले पहिले लिएको मुद्दतिमा १२ प्रतिशतसम्म र हाल बचतमा औसत ६ प्रतिशतसम्म व्याज दर दिइरहेका छन् । बैंकहरुले हाल जारी गरेको बुद्धती निक्षेपको व्याजदर भने घटाएका छन् । यो दर औसतमा ९ प्रतिशत हाराहारीमा छ । बैंकहरुमा यसअघि २ सय खर्बसम्म अधिक तरलता देखिएको भएपनि पछिल्लोसमय यो रकम घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र