के गर्ने भो नयाँ शक्ति बामधु्रविकरण समन्वय समितिले ?

neकार्तिक १२, काठमण्डौ,
नयाँ शक्ति पार्टी, नेपाल “बाम धु्रविकरण एकिकरण समन्वय समिति” पक्षधरहरुको राष्ट्रिय भेला तयारी समितिको वैठक कार्तिक ११, १२, र १३ मा काठमण्डौंमा भईरहेको छ । डा. बावुराम भट्टराई बामधु्रविकरणको एजेण्डाबाट बाहिरिएर कांग्रेससँगको चुनावि तालमेल तथा गठबन्धनमा लागेपछि त्यस पार्टीमा रहेका बाम पक्षधरताहरुले लामो समयदेखि बामपन्थि आन्दोलनमा प्रचण्ड र बाबुरामसँगै सहकार्य गर्दै आएका बामपन्थि नेता क. ठाकुर प्रसाद चापागाईलाई संयोजक र चारदशक भन्दा लामो बामपन्थि आन्दोलनका नेता डा. भरत लामिछानेलाई सहसंयोजक बनाएका छन् । उक्त समितिले २५ जनाको सचिवालय को साथै ९९ जनाको केन्द्रिय समिति बनाई सातै प्रदेशको सयोजक र विविन्न विभाग, आँगिक संगठन सयोजक, र बाह्य देशमा रहेका नेपालीहरुलाई समेत संयोजन गर्ने गरि जिम्मेवारी तोकेको र सवैले जिम्मेवारपूर्वक वामपन्थि ध्रुविकरणका पक्षधरता नेता, कार्यकर्ता देखि लिएर समाजका सवै प्रतिष्ठित वामपन्थिपक्षधरताहरुलाई समेट्ने वताएको छ । यो संयोजन समितिले सवै जिल्लाका जिम्मेवार नेताहरुसंगको वैठक र छलफल सकेपछि दुई ठुला दलका नेताहरुसँग आवश्यक छलफल गरि विकास, समृद्धि, सुशासन, कार्यकारी राष्ट्रप्रमुख, राष्ट्रिय स्वाधिनता, भौगोलिक एकता लगाएतको मुद्दालाई निशर्त आप्mना पहिचानको एजेण्डाको रुपमा राखि चुनाबमा बामपक्षधर उम्मेद्धारलाई सहयोग गर्ने बताएको छ । साथै बाम पार्टीहरुवीचको एकतालाई सार्थकतामा पुर्याउन आबश्यक कदम चाल्ले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक