कांग्रेसले शीर्ष नेताहरुको चुनाव क्षेत्र टुंग्यायो

९ कात्तिक, काठमाडौं : गोविन्दराज जोशीको विरोधका बीच नेपाली कांग्रेसले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ ।

congress

कांग्रेस संसदीय समितिको बिहीबार बसेको बैठकले शीर्ष नेताहरुको चुनाव क्षेत्र टुंगो लगाएको हो । जस अनुसार पौडेल तनहुँ-१ बाट उम्मेदवार हुनेछन् । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले पनि तनहुँ-१ को टिकट दाबी गर्दै आएका छन् ।

यस्तै काठमाडौं १ बाट प्रकाशमान सिंह, ४ बाट गगन थापा र ५ बाट प्रकाशशरण महतले टिकट पाएका छन् । गोपालमान श्रेष्ठ स्याङ्जा २, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट उम्मेदवार बन्ने भएका छन् भने मिनेन्द्र रिजाल मोरङ २, महेश आचार्य ४ र शेखर कोइराला ६ नम्बर क्षेत्रबाट चुनाव लड्नेछन् ।

तीर्थ लामा काभ्रे १ बाट, प्रेमचन्द्र दाहाल सिन्धुली १ र नरेन्द्रजंग थापा सिन्धुली २ बाट, फरमुल्लाह मन्सुर वारा ३ बाट, अर्जुनप्रसाद जोशी पर्वत, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३, नारायण खड्का उदयपुर १ र नारायणबहादुर कार्की २ बाट चुनाव लड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने