गोरखाका नयाँ शक्तिका दर्जनौ नेता माओवादीमा प्रवेश

९ कात्तिक,काठमाडौं : गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दर्जनौ नेताहरु माओवादी केन्द्र मा प्रवेश गरेका छन् । नयाँ शक्तिका नेताहरु बिहीबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

20161005221240_IMG_9455-5

माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जीतबहाद घले, परिषद्का केन्द्रीय सह–ईन्चार्ज आनन्दबहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जीत बहादुर घले, बलबहादुर घले, बामबुद्धिजीवी खड्कबहादुर गुरुङलगायत रहेका छन् ।

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा जिल्ला बामपन्थीहरुको किल्ला भएको बताए । अध्यक्ष प्रचण्डले भन्ने, ‘गोरखा जिल्ला बामपन्थीहरुको किल्ला हो । गोरखा जिल्लाको राजनीतिक सङ्घर्ष जहिले पनि कम्युनिस्ट र कांग्रेसका बीचमा नै भएको हो । राजनीतिक र सामाजिक आन्दोलनमा गोरखा जहिले पनि अग्रगमन र प्रगतिको पक्षमा उभिएको छ । तपाईहरुको पार्टी प्रवेशले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त र अग्रगामी सोंच रविचारले जित्ने मैले विश्वास लिएको छु ।’

माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताहरुले साना पार्टी र स्थानीय तहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको र नेपालमा एउटै कम्यम्युनिस्ट केन्द्र बनाएर मात्र समाजवादमा जान सकिने निष्कर्षसहित आफूहरु माओवादी केन्द्रमा आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक