नेपालको निर्वाचन र वाम गठबन्धन बारे उपाध्यायले खोले यस्तो रहस्य !

७ कात्तिक, काठमाडौं : निवर्तमान राजदुत दिपकुमार उपाध्यायले नेपालमा हुन गईरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भारतको पूर्ण सहयोग, साथ र सद्भाव रहेको स्पष्ट पारेका छन ।

dip-kumarरिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यायले अहिले देखिएको वामगठबन्धनलाई भारतले सहज रुपमा लिएको समेत जानकारी दिए । उपाध्यायले नेपालको चुनावप्रति भारतको सदैव साथ र सहयोग रहेको समेत बताए ।

भारतका लागि निवर्तमान राजदुत उपाध्यायले २ वर्षै कुटनीतिक यात्राबाट आफूले विश्राम लिएर पूनः राजनीतिमै फर्किएको जानकारी दिए । उनले संसदको म्याद सकिएको अवस्थामा आफ्नो राजिनामा अन्तिम–अन्तिम अवस्थामा स्विकृत भएकोले तत्काल राजदुत नियुक्त हुन नसक्ने अवस्था भएपनि नेपालको परराष्ट्र सेवा अत्यन्तै चुस्त–दुरुस्त र सक्षम नेतृत्व रहेकोले कुनै समस्या नआउने विश्वास दिलाए ।

उनले लेफ्ट एलायन्स आक्रमक रुपमा उत्रिएकोले लोकतान्त्रिक शक्तिहरुवीच चुनावी तालमेलको प्रयास भैरहेकोले पहिलो कुरा देश र जनताले जित्नुपर्ने धारण राखे । भारत बसाईको क्रममा आफूले विकासका धेरै मोडेलहरु देखेको स्मरण गराउँदै नेपाल भू–स्वर्ग भएकोले निर्वाचनपछि मुलुकले विकासको गति लिने उहाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना