‘बागी’ उमेदवारी फिर्ता लिन एमालेको कडा निर्देशन

कार्तिक ६,काठमाडौं : नेकपा एमालेले वाम गठबन्धनका विरुद्ध प्रतिनिधिसभा र प्रदेशसभामा उमेदवारी दिने आफ्ना कार्यकर्तालाई उमेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

2061302337583030375CPNUML--(1).

एमाले–माओवादी केन्द्रबीच तालमेलबाट असन्तुष्ट आधा दर्जन बढी कार्यकर्ताले बागी उमेदवारी दिएपछि एमालेले गठबन्धनको मर्म र भावनाअनुरूप अघि बढ्न कार्यकर्तालाई चेतावनी दिएको हो ।

एमालेको केही दिनअघि बसेको पार्टी स्थायी कमिटीले तालमेल गर्दा अन्यायमा परेका नेता कार्यकर्तालाई धैर्य र संयमित रहन र पार्टीको निर्णय शिरोधार्य गर्न आग्रह गरेको थियो ।

कहाँकहाँ छ ‘बागी’ उमेदवारी ?

बझाङमा एमालेबाट बागी उमेदवार परेको छ । भैरवबहादुर सिंहका विरुद्ध एमालेकै गोपालबहादुर खड्काले प्रतिनिधि सभामा उदेवारी दिएका छन् । त्यस्तै आधिकारिक उमेदवार अर्जन थापाका विरुद्ध शेरबहादुर बोहोराले प्रदेश क मा उदेवारी दिएका छन् ।

जाजरकोटमा कम्युनिष्ट गठबन्धनका नेता तथा पूर्वमन्त्री शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्द विक्रम शाहले बागी उमेदवारी दर्ता गराएका छन् । एमालेको प्रभाव रहेको क्षेत्रमा माओवादी केन्द्रलाई उमेदवार बनाएको भन्दै शाहले बागी उमेदवारी दिएको बताएका छन् ।

त्यसैगरी नेकपा एमालेमा भर्खरै प्रवेश गरेका गुन्डा नाइके दिपक मनाङेले मनाङमा एमालेकै उमेदवार खण्डा लामाविरुद्ध बागी उमेदवारी दर्ता गराएका छन् । एमालेका खण्डा लामा गुरुङ विरुद्ध मनाङेले उमेदवारी दिएका हुन् ।

के हुन्छ कारवाही ?
 

एमाले सचिव प्रदीप ज्ञवालीले बागी उमेदवारी दिनु गठबन्धनको मर्म विपरित मात्र नभई पार्टीको नीति विपरित भएको बताए । उनले निःशर्त उमेदवारी फिर्ता लिन पनि आग्रह गरे ।

“एकाध ठाउँमा मिस कम्युनिकेशन भएको हुनसक्छ,” उनले भने, “भोलिसम्म उहाँहरूले फिर्ता लिनुहुन्छ ।” उनले फिर्ता नलिने उमेदवारहरूलाई पार्टीले कारवाही गर्ने र भविष्यमा कुनै जिम्मेवारी नदिइनेसमेत प्रष्ट पारे ।

“कारवाही गर्नुपर्ने परिस्थिति आउँछजस्तो मलाई लाग्दैन,” उनले भने, “तालमेल गर्दा कसैलाई अन्याय भएको हुनसक्छ । तर, भोलिका दिनमा पार्टीले न्याय गर्छ ।

एमालेले यसअघि बागी विद्रोही उमेदवारी दिएका नेता कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक