माओवादीले सार्वजनिक गर्‍यो उम्मेदवारको सूची

५ कात्तिक, काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

maoist-logo111प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएपछि केन्द्रले पाउने उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन ।

उनका अनुसार संघीय संसद्का उम्मेदवारमा भोजपुरमा सुदन किराँती, सोलुखुम्बुमा हेमकुमार राई, रामेछापमा श्यामकुमार श्रेष्ठ र सिन्धुपाल्चोक क्षेत्र नं १ मा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाइएको छ । त्यसैगरी नुवाकोट क्षेत्र नं १ मा हितबहादुर तामाङ, लमजुङमा देवप्रसाद गुरुङ, गोरखा क्षेत्र नं १ मा हरिराज अधिकारी र २ मा नारायणकाजी श्रेष्ठ, बागलुङ क्षेत्र नं २ मा देवेन्द्र पौडेल तथा रोल्पामा वर्षमान पुन उम्मेदवार बनेका छन ।

रुकुम (पूर्व)मा कमला रोका, रुकुम (पश्चिम)मा जनार्दन शर्मा, जुम्लामा गजेन्द्र महत, कालीकोटमा दुर्गाबहादुर रावत, हुम्लामा जिमी लामा र जाजरकोटमा शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाइएको छ । प्रवक्ता भुसालका अनुसार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्यमध्ये १६ वटामा प्रत्यक्ष उम्मेदवारी दिइएको हो । त्यसैगरी पार्टीले प्रदेशसभामा ३२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना