कांग्रेसले तोक्यो ३२ जिल्लाका ३७ उम्मेदवार, नयाँ शक्ति गोर्खा र रसुवामा

 लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ३२ जिल्लाका लागि उम्मेदवार टुंग्याएको छ ।

कात्तिक ५ गते मनोनयन गर्नैपर्ने अवस्थामा साताभन्दा लामो गृहकार्यपछि कांग्रेसले आज तालमेलसहितको उम्मेदवारको नामावली टुंग्याएको हो । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाको ३७ र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रका लागि उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिएको छ।

गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति केन्द्रका संयोजक बाबुराम भट्टराईलाई र रसुवामा नयाँ शक्तिकै उम्मेद्वारलाई सघाउने गरी कांग्रेसले प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याएको हो ।

रसुवा र गोरखा-२ मा कांग्रेसले उम्मेदवारी नदिने र गोरखा-१ मा नयाँ शक्तिले उम्मेदवारी नदिनेगरी तालमेल भएको नयाँ शक्तिका एक नेताले जानकारी दिए । यसैगरी प्रदेशमा गोरखा १(क)र(ख),२(ख) र रसुवामा नयाँ शक्तिले उम्मेदवारी नदिने र गोरखा २(क) मा कांग्रेसले नदिने समझदारी भएको उनले जानकारी दिए ।
 
यसैगरी सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रमा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणालाई सघाउने कांग्रेसले निर्णय गरेको छ । सिन्धुपाल्चोक १ मा राप्रपा प्रजातान्त्रिकले कांग्रेस उम्मेद्वार मोहनबहादुर बस्नेतलाई सघाउने सहमति भएको कांग्रेस स्रोतले जनाएको छ ।

लामो समयदेखि विवादित रहेको नुवाकोटको क्षेत्र नम्बर १ मा रामशरण महत र २ मा अर्जुन नरसिंह केसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

उम्मेदवारको सूचि –

पाँचथर- भीष्मराज आङदेम्बे

ताप्लेजुङ- केशव दाहाल

संखुवासभा-दीपक खड्का

भोजपुर- उमेशजंग रायमाझी

खोटाङ- सरस्वती बजिमय

सोलुखुम्बु- बलबहादुर केसी

ओखलढुंगा- रामहरि खतिवडा

सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा – राप्रपा प्रजातान्त्रिक

दोलखा-रुद्र खड्का

रामेछाप- कान्छाराम तामाङ

रसुवा- नयाँ शक्तिका उम्मेदवार

नुवाकोट १ – डा. रामशरण महत

नुवाकोट २- अर्जुननरसिंह केसी

धादिङ १ – विश्व अर्याल

धादिङ २- दिलमान पाखि्रन

लमजुङ- दिलबहादुर घर्ती

मनाङ- टेकबहादुर गुरुङ

म्याग्दी- खम्वीर गर्बुजा

गोरखा १ – चीनकाजी श्रेष्ठ

गोरखा २- बाबुराम भट्टराई – नयाँशक्ति

बाग्लुङ १ – चम्पादेवी खड्का

बाग्लुङ २- निरज पुन

रुकुम पूर्व- गोपालजीजङ्ग शाह

रोल्पा- अमरसिंह पुन

हुम्ला- मंगल शाही

जुम्ला- देवेन्द्र शाही

जाजरकोट- राजीवविक्रम शाह

कालीकोट – भूपेन्द्रजंग शाही

मुगु- हस्तबहादुर मल्ल

डोल्पा- अंगद बूढा

रुकुम पश्चिम- वीरबहादुर ओली

दार्चुला- विक्रम सिंह

बझाङ- पृथ्वीबहादुर सिंह

बाजुरा- कबिराज पण्डित

बैतडी- नरबहादुर चन्द

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

 जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

जेठ ८, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै