October 18, 2017

यसरी फोनको घण्टीले बदलियो सरकार छाड्ने कि नछाड्ने माओवादी निर्णय

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुरा फेर्नमा कहलिएका छन् । केही घन्टाकै अवधिमा मंगलबार उनको वचन फेरिएपछि पुनः राजनीति तरंगित बनेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई दिउँसोसम्म सरकार सञ्चालनमा सजिलो बनाइदिन मन्त्रीहरू फिर्ता बोलाउने वचन दिएका उनले दिउँसो २ बजे फोन गरेर भने, ‘अहिलेलाई यस्तै भयो, हामी अहिले सरकार छाड्न नसक्ने भयौं ।’

वाम गठबन्धन गर्दै एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणा गरेपछि माओवादीलाई सरकार छाड्ने दबाब थियो । विपक्षी पार्टीसँग चुनावी तालमेल र सत्तारुढसँग सरकारमा सहकार्य, माओवादीमाथि दबाबसँगै नैतिक संकट पनि थियो ।

जेठ २३ गते प्रधानमन्त्रीमा नियुक्त देउवासँगको १ सय ३३ दिनको सहयात्रापछि माओवादी मन्त्रीहरू मंगलबार सरकारबाट बाहिरन लागेका थिए । तर, एकाएक माओवादीले सरकार नछाड्ने निर्णय लियो । दिउँसो गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमा भेला भएका पत्रकारसामु भने, ‘तपार्इंहरूलाई खास बोलाएको सरकार छाड्ने विषयमा जानकारी गराउन हो तर निर्वाचन सार्ने प्रपञ्चबारे निर्वाचन आयोगमार्फत सूचना पायौं । सरकार छाड्ने पत्रमा अध्यक्षले हस्ताक्षर गर्न लाग्दा त्यस्तो सूचना आएपछि अहिलेलाई सरकारबाट बाहिरिने निर्णय स्थगित गरेका छौं ।’

फोनको घन्टीले रोक्यो

यता, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले दिउँसो १ बजे र गृहमन्त्री शर्माले दिउँसो २ बजे आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन तय गरेका थिए । महराले सोमबार संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित भएको जानकारीका लागि पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर, गृहमन्त्री शर्माले भने सरकार छाड्न लागेको जानकारी दिन पत्रकार बोलाएका थिए ।

माओवादीका एक शीर्ष नेताका अनुसार छलफलकै क्रममा दाहालको मोबाइलमा घन्टी बज्यो । त्यसपछि दाहालले ड्राफ्ट छाडेर सरकार निर्वाचन सार्ने तयारीमा रहेको, सर्वाेच्चमा रहेको मतपत्रसम्बन्धी मुद्दाको निर्णय आउन लागेको कारण केही दिन सरकार छाड्न नहुने धारणा सुनाए । दाहालले अदालतमा रहेको उक्त मुद्दामा निर्वाचन आयोगले तयार पारेको मतपत्र नभई अलग-अलग मतपत्र कायम गर्ने निर्णय गरेर निर्वाचन हुन नदिन खोजिएकाले सरकार छाड्न तत्काल उचित नहुने बताएका थिए । त्यसलगत्तै गृह मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गरिरहेका जनार्दन शर्मालाई दलको कार्यालय बोलाइयो ।

अब के गर्छ माओवादी ?

माओवादीले निर्वाचन सुनिश्चितताका लागि सरकार नछाड्ने बताएको छ । प्रवक्ता पम्फा भुसालले भनिन्, ‘निर्वाचनको सुनिश्चितताका लागि हामी अब पहिलो चरणको निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनको दिनसम्म सरकारबाट हट्दैनौं ।’निर्वाचन आयोगले प्रत्यक्षतर्फ ५ कात्तिकमा उम्मेदवारी दर्ताको कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि