प्रचण्ड : पार्टी भत्काउने मेरो काम

२५ असोज, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाउने आफ्नो काम भएको बताएका छन् । नेकपा एकता केन्द्र हुँदै माओवादी केन्द्रसम्म आइपुग्दा आफूले बिभिन्न पार्टीहरु भत्काएर नयाँ बनाएको प्रचण्डले स्मरण गरे ।

Prachanda-2

नेकपा संयुक्तसँग पार्टी एकता घोषणा सभालाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘मैले जहिले पनि पुरानो पार्टी भत्काउने, नयाँ पार्टी बनाउने । आन्दोलनको पुरानो रुप भत्काउने, नयाँ रुप अवलम्वन गर्ने । समाजमा एउटा नयाँ तरंग पैदा गर्ने, मान्छेका दिमागमा नयाँ बहस सृष्टि गर्ने र त्यही प्रक्रियामा समाजमा क्रान्तिकारी परिवर्तन ल्याउने कुरामा विश्वास गरें । मैले र हाम्रो पार्टीले मार्क्सवादलाई त्यसरी नै बुझ्यौं ।’

 

प्रचण्डले थपे, ‘४६ सालको जनआन्दोलन अगाडि नेपालका बिभिन्न कम्युनिष्ट आन्दोलनका बिभिन्न घटकमध्ये एउटा घटकको महामन्त्री बन्ने अवसर प्राप्त भयो, जतिबेला महामन्त्री बनें । मेरो काम चाहिँ आफू महामन्त्री बनेको पार्टी भत्काउने नै भयो । म महामन्त्री बनेको केही महिनामै एकता केन्द्र बनेर मशाल भन्ने पार्टी भत्काएँ मैले । एकताकेन्द्र पाँच वर्ष चलाएपछि एकताकेन्द्र पनि भत्काएर माओवादी बनाएँ । १० वर्ष माओवादी जनयुद्ध भएपछि माओवादी भत्काएर एकीकृत माओवादीमा गएँ । अनि केही वर्ष एकीकृत माओवादी भए पछि त्यो पनि भत्काएर हामी माओवादी केन्द्र भएका छौं ।’

प्रचण्डले अब माओवादी केन्द्र पनि भत्किने र नयाँ बन्ने बताए । एमाले लगायतका दलसँग पार्टी एकता प्रक्रिया अघि बढेको प्रसंगलाई जोड्दै प्रचण्डले भने, ‘अब माओवादी केन्द्र पनि भत्किँदै छ र अर्को एउटा नयाँ पार्टी र नयाँ शक्ति देशमा पैदा हुँदैछ ।’

नयाँ परिस्थितिले नयाँ शिराबाट सोच्नु पर्ने अवसर र चुनौति दुबै खडा गरिदिएकाले एमाले लगायत दलसँग एकताको प्रक्रिया अघि बढाएको प्रचण्डले स्पष्ट पारे । यो एकताले नेपालबाट समाजवादको नयाँ मोडल दिन सकिने प्रचण्डको विश्वास छ ।

‘प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद नेपालको वामपन्थी आन्दोलन आक्रामक स्थितिमा छ । त्यो देशभित्र रक्षात्मक छैन । झण्डै दुई तिहाईभन्दा बढी वामपन्थी जनमत छ । त्यो जनमतलाई एकीकृत र केन्द्रिकृत गर्न सक्दा नेपालबाट २१ औं शताव्दीमा समाजवादको नयाँ मोडेल दिन सकिन्छ । त्यो परिस्थिति यतिबेलाको विश्वमा नेपालमा मात्रै बस्तुगत रुपले विद्यमान छ,’ प्रचण्डले भने ।

मोहन विक्रम र नारायणमानलाई व्यंग्य

पार्टी निर्माणको काम घिसिपिटे तरिकाले हुन्छ भन्नेमा आफूले विश्वास नगर्ने प्रचण्डले बताए । आफ्ना गुरु र सहयोद्धाहरुलाई आफूले पछि पारेको आशयको अभिव्यक्ति दिँदै प्रचण्डले भने, ‘मेरा कतिपय गुरुहरु मध्ये अहिले पनि उहिलेकै पार्टीमा हुनुहुन्छ २१ सालकै पार्टीमा । उहाँहरु वौद्ध भिक्षु जस्तो घण्टी बजाइराख्नुभाछ । न समाजमा कुनै परिवर्तन छ, न जीवनको कुनै आवेग छ, न कुनै आक्रोश छ । उहाँ चलिराख्नु भाको छ, चलिराख्नु भाको छ ।’

मसालका महामन्त्री मोहन विक्रम सिंह र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘कतिपय साथीहरु भक्तपुरमा बस्नुभाछ, भक्तपुरभन्दा बाहिर हेर्नुहुन्न । कतिपय साथीहरु प्युठानमा हुनुहुन्छ प्युठानभन्दा बाहिर जानुहुन्नँ । कतिपय साथी त्यस्तै त्यस्तै हुनुहुन्छ ।’

प्रचण्डले आफूहरु भने उनीहरुभन्दा फरक रहेको दाबी गरे । ‘हामी त्योभन्दा फरक छौं । हामी फरक ढंगले उत्पीडित वर्ग, समुदायको मुक्तिको निम्ति अगाडि बढ्ने जमर्को गरिरहेका छौं । नयाँ तरंग र आवेग पैदा गर्दै समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा छौं,’ प्रचण्डले भने, ‘त्यो प्रक्रियामा आजको एकता पनि एउटा नयाँ कडी हो भन्ने मेरो विश्वास छ ।’

प्रचण्डले सबै क्रान्तिकारी शक्ति र कम्युनिष्ट पार्टीहरुलाई एकता तथा ध्रुवीकरणमा आउन अपिलसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना